arrow

कावेली कोरिडोरका कारण इलामको संस्कृत पाठशाला बिस्तावित हुदै

logo
माधव चम्लागाई।
प्रकाशित २०७२ माघ २८ बिहिबार
DSC_0596.JPG.jpeg
मंगलबारे। शिवशक्ति गुरुकुल संस्कृत पाठशाला माथिबाट कावेली करिडोर हाइटेन्सन १३२ मेघावट प्रशारण लाइन पर्ने भएपछि बिस्तावित हुने खवरले बिद्याथी तथा अभिभावकहरु चिन्तित बनेका छन्। बिद्यार्थीहरुलाई ब्यवहारिक ज्ञान दिने उदेश्यले स्थानीयहरुको पहलमा बनेको पाठशाला केही बर्ष नपुग्दै बिस्तावित हुने निश्चित भएपछि यस तर्फ स्थानीयहरुको चासो बढेको छ। पहिला मंगलबारे गाबिसमा पर्ने यो पाठशाला हालको देउमाई नगरपालिकामा अवस्थित रहेको छ।
 
पाठशाला बिस्तावित हुने भन्नेबारेमा कावेली कोरिडोरका पोजेक्ट म्यानेजर दिपेन्द्र राज सुवेदीले भने खासै समस्या नभएको तथा दुबै पक्ष बिच छलफल भैरहेकोले चाँडै नै निष्कर्षमा पुगिने बताए। यस पाठशालामा अनौपचारिक ढंगले रुद्री, चण्डी, लगायत वेदका बिभिन्न पक्षहरुबारेमा अध्ययन सुरु गरिएको हो । बिद्यार्थीहरुको कोर्ष फरक फरक ठाउँमा पुगेको हुन्छ भने वेदका मन्त्रहरु बाचन गर्दै बिद्यार्थीहरुले पठन पाठन सुरु गर्छन्।
 
धेरै अफ्यारो परिस्थितिमा समेत संस्कृति बचाउन पाठशाला स्थापना गर्न सकेकोमा प्रधानाध्यापन वेद प्रसाद रिजाल खुसी ब्यक्त गर्दछन् । कावेली करिडोर हाइटेन्सन प्रशारण लाइनको कारण पाठशालाको भबिश्य अनिश्चित भएकोमा भने उनी दुखी बनेका छन् । २०६६ सालमा स्थानीय तिर्थराज रिजालले आफ्नी आमा टुना माया रिजालको नाममा दिएको १२ आना जग्गाबाट पाठशाला सुरु भएको हो । हाल आएर स्थानीय दाता, नेपाल महर्षी फाउन्डेशन फर बौद्धिक कर्चर, नेपाल सरकारले समेत सहयोग दिन थालेको छ । पाठशालालाई त्यो भेगको नै नमुना बनाउन स्थानीयहरु जुटे पनि भवन तथा आयस्रोतको अभावको कारण पुरा हुन नसकेको प्रधानाध्यापन रिजालले बताए । अझ ब्यवस्थित बनाउदै पाठशालालाई आगामी दिनमा लैजान स्थानीयहरुले पहल थालेको पाठशालाका संचालक हरी गौतमले बताए । जग्गाको खोजी भैरहेकोले शान्त वातावरणमा जग्गा भेटाएर भवन निमार्ण गरी पाठशालालाई ब्यवस्थित बनाइने उहाँले बताए । अवको दिनमा आवासलाई समेत ध्यान दिएर अघि बढ्ने बताइएको छ ।
 
इलाम जिल्लाका २१ जना तथा इलाम बाहिरबाट आएका २ जना गरी जम्मा २३ जनाले पाठशालामा ब्यवहारिक ज्ञान हासिल गरिरहेका छन् । बिद्यार्थीहरुलाई दवाव भन्दा पनि रुचीको आधारमा ब्यवहारिक ज्ञान दिनै अध्ययन गरिदै आएको बताइएको छ । पाठशालामा पढ्न धेरैले इच्छुक भए पनि भवनको अभावले नसकिएको प्रधानाध्यापक रिजालले बताए । गुरुकुल प्रणालीमा बिद्यार्थीलाई आवास सहितको ब्यवस्था गर्ने गरिन्छ तर भौतिक अवस्था कमजोर रहेका कारण केही बिद्यार्थोलाई मात्र आवास दिन सकिएको उहाँले बताए । पाठशालाले गाई पालन समेत गर्ने गरी तयारी थालिएको बताइएको छ ।   
 
गुरुकुल प्रणालीमा अध्ययन गर्न वर्तमन्न गरिसकेपछि मात्र भर्ना लिने गरिन्छ । सोही कारणले यहा पढ्ने सबै छात्र मात्र रहेका छन् । अवको दिनमा सिद्दी शिक्षा(ध्यान) को लागि समेत तयारी थालिएको छ । यसको लागि छुट्टै भवनको आवश्यक्ता परेको बताइएको छ । एकातिर पाठशालालाई अझ ब्यवस्थित गर्दे लैजानु परेको छ भने अर्को तर्फ कावेली करिडोरले गर्दा बिस्थापित हुने भयले कहाँ सारेर अध्ययन गराउने भन्ने चिन्ता बढेको प्राधानाध्यपक बताउछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ