arrow

चिकित्सकहरुलाई सरकारले टेरेन, कडा भएर उत्रने

logo
प्रकाशित २०७५ साउन २ बुधबार
nepal-medical-association.jpg

काठमाडौं । प्राडा गोविन्द केसीको मागमा ऐक्यवद्धता जनाउँदै सरकारलाई माग पूरा गर्न ४८ घण्टाको अल्टिमेटम दिएको नेपाल चिकित्सक संघको समय सकिएको छ ।

समय सकिए पनि सरकारले संघका माग पूरा गर्नु त परै जावस् आन्दोलनमा जाने चिकित्सकलाई कार्वाही गर्ने चेतावनी दिएपछि चिकित्सकहरु झनै आक्रोशित भएका छन् । 

डा गोविन्द केसी १९ दिनदेखि जुम्लामा आमरण अनसनमा रहँदासमेत प्राण जोगाउनसमेत विशेष पहल नगरेको सरकारले संघका मागमा वास्ता नगरेपछि संघ आक्रोशित भएको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलन गरी अब कसरी अगाडि बढ्ने भन्नेबारे जानकारी दिने बताए । 

संघ सरकारको चेतावनीलाई कडा आन्दोलनमार्फत नै जवाफ दिने निक्र्योलतर्फ अगाडि बढेको बुझिएको छ । गोविन्द केसीको स्वास्थ्य दिनप्रतिदिन खस्किँदासमेत सरकारले खासै रुची देखाएको पाइँदैन । 

वार्ता टोली बने पनि दुई पटकसम्मका वार्ताबाट समाधान निस्केको छैन । सरकार एक इन्च पनि झुक्न खोजेको छैन । गल्ती महसुस गरेको छैन । चिकित्सकमाथि नै राजनीति गर्न खोजिरहेको छ भन्ने निष्कर्षमा पुगिएको चिकित्सक संघका एक पदाधिकारीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ