arrow

एलजीलाई कीर्तिमानी अर्धवार्षिक नाफा

logo
प्रकाशित २०७५ साउन ११ शुक्रबार
LG-Building.jpg

एजेन्सी। दक्षिण कोरियन प्रविधि कम्पनी एलजी इलेक्ट्रोनिकसले सन् २०१८ को सुरुवाती ६ महिनामा कीर्तिमानी नाफा हासिल गरेको छ। कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार टीभी तथा घरेलु सामग्रीहरुको व्यापारमा कम्पनीले सुधारसँगै नाफामा पनि उल्लेख्य वृद्धि भएको हो। 

कम्पनीको कार्यगत नाफामा १६ दशमलव एक प्रतिशतको वृद्धिदर हासिल भएको विवरणमा देखिएको छ। यससँगै सन् २०१८ को अप्रिलदेखि जुन महिनासम्मको अवधिमा कम्पनीको कार्यगत नाफा १३ अर्ब ४० करोड अमेरिकी डलरमा पुगेको देखिएको हो। साथै उसको राजस्वको नतिजामा पनि तीन दशमलव २ प्रतिशतको वृद्धिदर हासिल भएको पाइएको हो। उसको राजस्व सो अवधिमा १३ अर्ब ४० करोड डलरमा पुगेको देखिएको हो। 

वर्षको दोस्रो त्रैमासिक अवधिमा देखिएको सुधारको नतिजासँगै कम्पनीको नाफा एक अर्ब ६८ करोड डलरमा पुगेको देखिएको हो। यो नतिजा उसको लागि अहिलेसम्मकै सबैभन्दा उच्च नतिजा हो। साथै वर्षको सुरुवाती छ महिनाको अवधिमा कम्पनीको राजस्व २६ अर्ब ८० करोड डलर नाघेको देखिएको हो। यद्यपि कम्पनीको औसत आम्दानीमा भने गिरावट आएको देखिएको छ। कम्पनीको औसत आम्दानीमा भने ३६ दशमलव ६ प्रतिशतको गिरावट आएको देखिएको हो। यससँगै उसको औसत आम्दानी २९ करोड १६ लाख डलरमा पुगेको देखिएको छ।

घरेलु प्रयोजनका सामग्रीहरुको व्यापार कम्पनीको आर्थिक सुधारको महत्वपूर्ण आधार बन्न पुगेको विवरणले देखाएको छ। स्मार्टफोनको व्यापारमा भने केही कमजोर नतिजा हासिल भएको देखिएको छ। उसले स्मार्टफोनको व्यापारमा १६ करोड ५६ लाख डलरबराबरको नोक्सानीको विवरण सार्वजनिक गरेको हो। पछिल्लो समय ल्याटिन अमेरिकी मुलुकहरुमा कम्पनीको स्मार्टफोन सस्तो हुँदै गइरहेको कारण यस किसिमको नतिजा हासिल भएको विश्लेषकहरुले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ