arrow

अन्तरिक्षका लागि रसिया र अमेरिकाको लडाइँ 

logo
प्रकाशित २०७५ साउन १३ आइतबार
trump-putin3.jpg

एजेन्सी। अमेरिका र रुसको बीचमा पछिल्लो समय अन्तरिक्षको विषयमा विवाद देखिएको छ। लामो समयदेखिका प्रतिद्वन्द्वी मुलुकहरुको बीचमा देखिएका मुलुकहरुको बीचमा अब अन्तरिक्षको विषयमा विवाद देखिएको हो। 

रसियाले अमेरिकालाई अन्तरिक्षमा मिसाइल प्रणाली चुस्त गर्नबाट बच्नका लागि आग्रह गरेको छ। अमेरिकाले अन्तरिक्षमा आफ्नो प्रभाव बढाउँदै लैजानुले आगामी दिनमा समस्या आउनसक्ने भन्दै रसियाले यस्तो आग्रह गरेको हो। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार रसियाले अहिले अमेरिका आफ्नो प्रभुत्व अन्तरिक्षमा कायम राख्ने योजनामा अघि बढिरहेको आरोप लगाएको हो। 

अमेरिकाको संसदले गत विहीबार वेबसाइटमा प्रकाशित भएको भए विधयेकअनुसार आर्थिक वर्ष सन् २०१९ का लागि राष्ट्रिय रक्षा प्राधिकरण अधिनियम पारित गरेको थियो। यो विधयेकअनुसार अमेरिका सन् २०२२ सम्मको अवधिमा अन्तरिक्षमा आधारित रहेको सेन्सर आर्किटेक्चरको विकासको लागि अघि बढिरहेको हो। 

रुसको विदेश मन्त्रालयले आफूहरुले सम्भावित परिणामको अध्ययन गरी अमेरिकालाई गल्ती नदाहोर्‍याउनका लागि आग्रह गरेको जानकारी दिएको हो। 

रुसले अमेरिकालाई चेतावनी दिँदै अन्तरिक्षमा अहिले भइरहेको टकराव समग्र विश्वका लागि निकै खतरापूर्ण हुने बताएको छ। रुसले आफूहरु अन्तरिक्षलाई शान्त राख्नुपर्ने पक्षमा रहेको बताएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्षका लागि विशेष फोर्स तयार गर्नका लागि निर्देशन दिएका थिए। 

उनले अमेरिकाभन्दा अघि चीन, रुस वा कुनै दोस्रो मुलुक गएको हेर्न नचाहेको बताएका थिए। यसले रुस र अमेरिकाबीचको तनाव बढ्नसक्ने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ