arrow

भूकम्पले पहिरो जाँदा १०० बढी पदयात्री फसे 

logo
प्रकाशित २०७५ साउन १४ सोमबार
earthquake.jpg

काठमाडौं । इन्डोनेसियाको लोम्बोक प्रायःद्वीपमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण पहिरो जाँदा पदयात्रीहरु फसेका छन् । 

रुट नै हराएपछि १०० बढी पदयात्री अलपत्र परेका हुन् । उनीहरुलाई उद्धारको प्रयास भइरहेको बताइए पनि सफल हुन सकेको छैन । 

उक्त रिन्जानी पदमार्गमा उद्धारको प्रयास जारी छ । 

भूकम्पबाट अहिलेसम्म कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १६० भन्दा बढी घाइते भएका छन् । 

बाली नजिकको लोकप्रिय पर्यटकीय गन्तव्य रहेको लोम्बोकमा ६.४ रेक्टर स्केलको भूकम्प गएको हो । 

हजारौं घर भत्किँदा लाखौं मानिस प्रभावित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ