arrow

घट्यो भारु नोटको माग 

logo
प्रकाशित २०७५ साउन १६ बुधबार
rupees-indian.jpg

काठमाडौं । भारत जाँदा भारतीय रुपैयाँ भारु नोटका बिटा बोक्ने चलनमा कमी आएसँगै त्यस्ता नोट साट्न बैंक धाउनेको संख्या घटेको छ ।

पछिल्लो समय नगद लिएर जाँदा चोरिने, हराउने र लुटिने क्रम बढेसँगै सर्वसाधारण नेपालीले एटिएम कार्ड बोक्न थाल्दा बैंकमा भारु नोट साट्नेको भिड घटेको हो ।

भारत जाँदा भारु नोटको सट्टा विद्युतीय प्रणालीबाट कारोबार गर्ने चलन बढेपछि नगद लिन आउने क्रम घट्दै गएको राष्ट्र बैंक, बैंकिङ कार्यालय थापाथलीका कार्यकारी निर्देशक झलक शर्मा आचार्यले बताए ।

नेपालमा भारु साट्ने क्रम घटेसँगै राष्ट्र बैंकले भारु ल्याउन कम गरिसकेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षमा आठ अर्ब रुपैयाँ बराबर भारु नोट ल्याउने योजना बनाएको थियो ।

माग कम भएकाले ६ अर्ब रुपैयाँ बराबरका नोट मात्र ल्याएको कार्यकारी निर्देशक आचार्यले बताए । (नागरिक दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ