arrow

दुधको महत्व थाहा नपाउँदा मर्कामा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ साउन १९ शनिबार
Milk.jpg.jpeg

स्याङ्जा। दुधले मुल्य नपाएर किसानले दुध बाटोमा पोख्ने गरेका घट्नाहरु बारम्वार बाहिर आइरहेका छन्। दुधको महत्व बुझाउन नसक्दा दुधको मुल्य नपाउनुले किसानहरु मर्कामा पर्दै आएका छन्। दुधको पौष्टिकतत्वका बारेमा सचेतना फैलाउन सकेमा दुधले बजार पाउने विश्वास किसानहरुले गरेका छन् ।

स्याङ्जाको भीरकोट नगरपालिका स्थित शुभलक्ष्मी वचत तथा ऋण सहकारी र भीरकोट नगरपालिकाको संयुक्त आयोजनामा दुध सम्वन्धी सचेतना कार्यक्रममा किसानहरुले सो कुरा सुझाएका हुन् । भीरकोट नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउने उदेश्यले सहकारीले टोल टोलमा गाई वितरण गरेको छ। नगरपालिका भित्र गाईको दुधले मुल्य नपाएपछि सहकारीले पोखरा दुध पुर्‍याउन बाध्य भएको छ ।

दुधको महत्व नबुझिदिदा दुध बाहिर पठाउनु परेकोले दुध उत्पादक र दुध उपभोक्ता विच अन्तरक्रिया राखेर दुधलाई भीरकोट नगरपालिकामा खपत गर्ने योजना अनुरुप यो कार्यक्रम गरिएको सहकारीका अध्यक्ष भक्तबहादुर केसीले बताए । दुध स्वास्थ्यका लागि फाईदा हुदा हुदै पनि विभिन्न केमिकल मिसाएको दुध बजारमा विक्रि हुने तर किसानले उत्पादन गरेको दुधले मुल्य नपाउनु दुखद भएको अध्यक्ष केसीले बताए ।  किसान दुध उत्पादनमा अग्रसरता देखिएपनि उपभोक्ताले किसानको दुधमा चासो देखिएन अध्यक्ष केसीले भने,“कुन दुधमा फाईदा र कुन दुधमा बेफाईदा छ भन्ने विषय उपभोक्तालाई बुझाउनु जरुरी छ ।” ताजा दुधमा भन्दा पनि प्याकेजिङ दुधले बजार पाउदा किसान प्रत्यक्ष मर्कामा परेका छन् केसीले भने ।

करिव ५० जना सहभागिता रहेको दुध सम्वन्धी सचेतना कार्यक्रममा भीरकोट नगरपालिकाका नगर उपप्रमुख सिमा केसी कर्मचार्यले किसानको दुधलाई स्थानीय बजारमा विक्रि वितरण गर्ने योजना नगरपालिकाले तयार पार्न लागेको बताईन् । दुध उत्पादक किसान निरासा नवनौ उपप्रमुख केसीले भनिन्, “किसानको हौसला बढाउने काम स्थानीय सरकारले गर्नेछ ।” नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाएर स्वदेशमै रोजगारी सिर्जना गर्ने अभियानमा नगरपालिका रहेको छ केसीले भनिन् । हरेक टोल, टोल र बजारका विभिन्न क्षेत्रमा दुधको महत्व, यसका फाईदाका बारेमा सचेतना जगाउने काम नगरपालिकाले गर्ने केसीको भनाई छ ।

शुद्ध दुध खाऔं, स्वास्थ्य बनौ भन्ने मुल नाराका साथ आयोजना गरिएको एकदिने सचेतना कार्यक्रममा दुधको अवस्था, दुधको फाईदा र दुधबाट आर्जन गर्न सकिने आर्थिक उपार्जनका बारेमा पशु स्वास्थ्य अधिकृत सुरेश कुमार श्रेष्ठले सहजीकरण गरेका थिए। कुन घाँस प्रयोग गर्दा दुधको प्रोटिनको मात्र बढ्छ भन्ने विषयमा किसानहरुलाई श्रेष्ठले सुझाएका थिए। सरकारी निकायबाट दुध सम्वन्धी स्वास्थ्य फाईदा र बेफाईदाका बारेमा सचेतना फैलाईदिन किसानहरुले आग्रह गरेका छन् । दुग्ध उत्पादक संघका केन्द्रिय सदस्य धर्मराज अर्याल र सहकारीका व्यवस्थापक किरण केसीले दुधबाट कसरी फाईदा लिन सकिन्छ भन्ने विषयमा किसानहरुलाई सहजीकरण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ