arrow

निशान हत्या र ‘ईन्काउन्टर’ : जे गर्नु कार्यसम्पादन मूल्याङ्कनको नम्बरले गर्‍याे, प्रहरी चुक्याे (अन्तर्वार्ता)

‘कोठाबाट लगेर मान्छे मार्न पाइँदैन’

logo
प्रकाशित २०७५ साउन २३ बुधबार
malla.JPG

केही दिनअघि काठमाडौंको काडाघारीबाट ११ वर्षीया बालक निशान खडका अपहरणमा पर्नु, त्यसपछि उनको रातारात हत्या हुनु र हत्यामा संलग्न भनिएका दुईजना व्यक्तिको मुडभेडमा मृत्यु भयो, भन्नु । यो घटना शंकास्पद, विवादस्पद भयो । यो घटनाले प्रहरी संगठनबाट खटिएका अधिकारहरुको हर्कतका बारेमा मात्र शंका उब्जाएन, सिंगो प्रहरी संगठनले गर्ने कार्य सम्पादनमा पनि प्रश्न उब्जेको छ । यसअघिका घटनालाई अध्ययन गर्ने हो भने प्रहरीमाथि शंका गर्नुपर्ने र प्रहरीको कार्य सम्पादनको विश्वसनीयतामा प्रश्न उठाउनुपर्ने स्थिति सिर्जना गर्‍यो । यस विषयमा पूर्व डिआईजी हेमन्त मल्ल ठकुरीसँग हामीले कुरा गरेका छाै‌ं ।

० काडाघारी बालक अपहरणपछि हत्या घटनालाई कसरी लिनुहुन्छ ?
– बालकको अपहरण भएको छ, त्यसपछि हत्या भएको छ । यो घटनाको अनुसन्धान भइरहेको छ । पहिलादेखि नै ‘इन्काउन्टर’ भन्ने शब्द अाइरहेको थियो । तर यो शब्द दुरुपयोग भएजस्तो लाग्यो । इन्काउन्टर गर्ने होइन, इन्काउन्टर हुने हो । इन्काउन्टर भनेको जम्काभेट हो । जम्काभेटमा प्रहरी जिउँदै समात्न खोज्छ, ज्युदो समात्न सकेन भने घाइते अवस्थामा पक्राउ गर्न सकिन्छ । काहिलेकाही परिस्थिति काबु बाहिर जानसक्ने भएकाले मान्छे मर्न पनि सक्छ । कतिपय घटनामा वास्तविकता फरक हुन्छ जस्तो लाग्छ मलाई । त्यस्ता घटना विस्तारै धेरैले बुझ्दै जान्छन् ।

० इन्काउन्टर शब्द प्रहरीले प्रयोग गरेको हो कि सञ्चारमाध्यमले ?
– इन्काउन्टर भन्ने शब्द सबैभन्दा पहिला हामीले भारतबाट सुनेको हो । इन्काउन्टरको शाब्दिक अर्थ जम्काभेट हो । विस्तारै यो शब्द नेपालमा पनि भित्रियो । नेपाल भित्रिएपछि त्यो शब्द प्रहरीले पनि प्रयोग गर्न थाले । त्यसपछि मिडियामा पनि त्यही शब्द प्रयोगमा आयो । यसको शाब्दिक अर्थ राम्ररी बुझिएन भने अर्थको पनि अनर्थ लाग्न सक्छ । 

० अपहरणकारीसँग प्रहरीको जम्काभेट भएको हो ?
– यो विषयमा म भन्न सकिन्न । विभिन्न कोणबाट बेग्लाबेग्लै कुरा आइरहेको छ । भोलिका दिनमा प्रहरी विभागले पनि क्लियर गर्ला । जसरी हामी सुन्छौं, तर धरातलीय यथार्थ बेग्लै हुन्छ ।

० घटनाको प्रकृतिले के भन्छ ?
– सञ्चारमाध्यममा हामीले सुन्दा पनि विवादस्पद तीनवटा कुरा बाहिर आइरहेको छ । फिल्डमा भएको घटना एउटा अनुमान गर्न सकिन्छ, त्यहाँ कमीकमजोरी भएको हो भने भोलि सत्य कुरा आइहाल्छ । कोठाबाट लगेर मान्छे मार्नु गलत हो । मान्छे मार्न पाइँदैन, कानुनले विभिन्न व्यवस्था गरेको छ । सबै कानुनअनुसार जानुपर्छ । यो घटनाबारे भोलिका दिनमा सबै कुरा बाहिर आइहाल्छ । हामीले अहिले शंका गरिराख्नु पर्दैन ।

० घटनास्थलको एउटा अर्को तस्वीर । मृत्यु भएको व्यक्तिको हातमा पेस्तोल थियो । गोली लागिसकेपछि पेस्तोल हातमै रहने अवस्था रहन्छ ? 
–रहन्छ । मेडिकल जुरीजप्रियुडन्सको किताब हेर्नु भो भने । हामीले सोचे भन्दा पनि धेरै प्रकृतिका घटनाहरु हन्छ । जसमा विश्वास नलाग्न सक्छ । आत्म हत्याका कुराहरु होलान् वा अपराध गर्ने कुराहरु होलान् । त्यो किताब अनुसार कुरा गर्ने हो भने हामीले आँखाले देखेको भन्दा पनि फरक हुनसक्छ । तपाईले जुन शंकाको कुरा गनुै भो । मैले यो कुरा लुकाउन खोजेको पनि होईन । हाम्रो पूरानो अनुभवको कुरा हेर्नु भयो पनि यो प्रमाणीत भएको कुरा हुन् । र, देखिन्छन् पनि । 

० प्रहरीले एसएमएस पठाएपछि बालकको हत्या भयो भन्नेदेखि लिएर धेरै कुराहरु आउन थाले । अपहरण गरेर बालकको हत्या गर्ने व्यक्ति मारिए । अनुसन्धानको एउटा पाटो बन्द भयो भन्ने कुराहरु पनि आयो । घटनाक्रम हेर्दा के देखिन्छ ? 
–अपहरणमा सबैभन्दा पहिलो प्राथमिकता भनेको अपहरण परेको व्यक्तिलाई रेस्क्यु गर्ने हो । यो घटनाको कुरा गर्ने हो भने । एउटा पाटो बन्द भयो अर्को पाटो खुला छ । अनुसन्धान पूर्णतः बन्द भएको छैन । पीडित पक्ष एकातिर छँदै छ, अन्य प्रमाणहरु पनि छन् त्यहाँ । सबै कुरा नआएपनि अनुसन्धान पूरा नहुने भन्ने कुरा हामीले अहिले गर्न हुँदैन । मान्छे मर्दैमा सबै कुरा हराउँछ भन्ने होईन । 

० यो अपहरणसँग केही कुरा लुकेको देखिन्छ ? 
–हामीले एउटा अनुसन्धान गरेका थियौँ यस्तै । मलाई के लाग्यो भने तीन चार वर्षदेखि एक अर्कासँग परिचित छन् यिनीहरु । एक अर्काको आर्थिक अवस्था बुझेको अवस्था छ । त्यो बुझदै जाँदा पनि जुन किसिमले रकम मागियो र बार्गेनिङ भयो त्यसले यो देखि बाहेक एउटा अर्को पनि कुरा छ कि भन्ने एउटा शंका लाग्ने कुरा छ । अर्को बच्चा अपहरण गरेर लिएर गएको छ र तुरुन्तै मारिएको पनि छ । अपहरणमा के हुन्छ भने, बार्गेनिङको लागि केही न केही समय लिने तथा एउटा चेन अफ प्लान हुन्छ । चेन अफ प्लान पनि देखिएन । बच्चालाई तुरुन्तै मारिएको छ । मारिएको एउटा कारण के हुनसक्छ भने चिनिएका व्यक्तिहरु छन्, त्यो भोलि बाहिर आउने डर हुन्छ भनेर पनि होला । अपहरणको प्लान नै देखिएको छैन । विस्तारै अरु कुरा खुल्ला ।

० उसो भए फिरौतीका लागि मात्रै अपहरण गरिएको थिएन भन्ने शंका उब्जायो ? 
–हो, फिरौतीको लागि हुन सक्ला । तर, घटनाको प्रकृति हेर्दा र उनीहरुको ब्यागराउण्ड हेर्दा अपहरणबाहेक केही कुरा छ कि भन्ने शंका चैँ रहन्छ । 

० त्यो अनुसन्धानको पाटो भयो । तर, प्रहरीको कुरा गर्दा । अहिलेसम्म भएका मुठभेडका घटनाक्रम हेर्दा प्रहरीभित्र व्यक्ति प्रधानताले काम गरेको देखियो । यसले प्रहरी संगठनलाई फाइदा गर्छ कि घाटा ? 
–यसमा दुईटा कुरा छ । मुठभेडमा जति पनि व्यक्तिहरु मारिएका छन् । उनीहरु आपराधिक व्यागराउण्डका भएकाले केही कुराहरु उठ्यो होला । समाजले त्यसलाई एसेप्ट गरेको कुरा छ, एउटा कुरा यो भयो । तपाईले उठाएको एउटा कुरा गम्भीर छ । अहिले होल समाज । चाहे त्यो सिभिल सोसाईटी होला, प्रहरी, सशस्त्र वा आर्मी जो सुकै भए पनि । अहिले संस्थालाई समेटेर अघि बढ्नु भन्दा पनि म भन्ने कुराहरु अलिकति बढेर आएको छ । हामी सबैले नोटिश गरिरहेकै छौँ । नेपाल प्रहरीको काम गर्ने तौर तरिका मात्रै होईन सिंगो कर्मचारीतन्त्र व्यक्तिबादी चरित्रबाट अघि बढ्दा के हुन्छ ? संस्थालाई कुनै न कुनै रुपमा त्यसले ड्यामेज गर्छ गर्छ । म को ठाउँमा हामी भन्ने कुरा हराउँदै छ । सबैतिर । यसले गर्दा भोलि संस्थाको अस्तित्व नै संकटमा पर्ने अवस्था आउँछ ।

० यो प्रश्न कहाँ जोडियो भने, बालक बचाउन नसकिएको प्रश्नसँग जोडियो । खटिएका प्रहरी युनिटबीच समन्वय भएको छैन । तीन टोली तीनतिर भएका छन् । बालकलाई किन बचाउन सकिएन भन्ने प्रश्न अनुत्तरित छ । प्रहरीले यसको जवाफ दिन्छ ?  

– तपाईले भनेको कुरा सही हो । किन कि हामीले व्यक्तिवादी चरित्रको कुरा भन्यौँ । त्यो कुरा तपाईले गरेको कुरासँग मिल्छ । तीन–चार वटा प्रहरी युनिटहरु खटिएको छ । एक अर्काकोबीचमा समन्वय छैन । त्यो भएन भने त्यसले के हुन्छ भने, अल्टिमेटली अनुसन्धानमा असर गर्छ । त्यसको नकारात्मक असर बाहिर आउँछ । वास्तवमा यो राम्रो होईन । समन्वय छैन, भने यसले राम्रो गर्दैन । त्यसकाे अर्थ याे बुझ्नुस् प्रहरी चुक्याे । 

० यो खालको कार्यसम्पादनले संगठनलाई के हानी पुग्छ ? मैले जान्न खोजेको ? 
–हानी पुग्छ । तपाईले सोधेको प्रश्न कतातिर जोडिन्छ भने, प्रहरी अधिकारीहरुको कार्यसम्पादन मूल्याङ्कनसँग जोडिन्छ । प्रपर मूल्याङ्कनमा पो कमि कमजोरी छ कि भन्ने प्रश्न समेत उठ्यो अब । प्रपर मूल्याङन भईरहेको छैन भन्ने कुरा यी घटनाहरुले प्रमाणित गर्छन् ।  कुनै मान्छेले आफुले गरिरहेको काम बढी प्रचार प्रसार गरिरहेको छ, मिडियामा होहल्ला बढी भईरहेको छ भने त्यो समस्याको ईन्डिकेटर के हो भने ? काम कारबाहीको प्रपर मूल्याङ्कन भईरहेको छैन । मूल्याङकनमा कहीँ न कहीँ समस्या छ भन्ने कुरा तपाईले भन्नु भो त्यो सही कुरा हो । 

० यो कुरा कार्यसम्पादन मूल्याङ्कनसँग जोडियो । जसले कार्यसम्पादन मूल्याङ्कनमा नम्बर थप्छ ? 
–विलकुल सही कुरा हो त्यो । 

० भनेको नेतृत्वको दौडधूप यहीँबाट हुन्छ भन्ने बुझौँ ? 
–हो विलकुल । मूल्याङ्कनको समस्याले नै व्यक्तिहरु आएर चिच्याउनुपर्ने समस्या बढेको जस्तो लाग्छ मलाई । 

० मूल्याङ्कन गर्ने ठाउँमा प्रहरी संगठनमै खारिएका मान्छेहरु हुँदैनन् र भन्या ? किन यस्तो खालको प्रतिस्पर्धा ?
–ति मान्छेहरु छन् । तर, मूल्याङकनको परिपाटी कस्तो राखिएको छ भने, ईन्फ्लूएन्स हुने ठाउँ धेरै छ । पहिल्यैबाट यो मूल्याङ्कनमा समस्या छ भन्ने कुराहरु आईरहेको छ । यो अहिले होईन कि दुई चार वर्ष पहिलादेखि मूल्याङ्कनमा ठूलो कोईसन्समार्क आईरहेको छ । प्रश्न उठेपछि प्रहरी ऐन नियमावली परिवर्तन भयो तर, त्यति हुँदा पनि त्यसले सम्बोधन गर्न सकेन । जुन तपाईले भन्नु भयो मूल्याङ्कन फेयर भो, मूल्याङ्कनमा विभाग भित्रैका अधिकारीहरुले प्रश्न गरिरहेका छन् भने मूल्याङ्कनमा कँही न कहीँ समस्या छ भन्ने कुरा ईण्डिकेट हुन्छ । 

० प्रहरीभित्र राजनीतिक प्रभाव परेको वा अनियमिताले काम गरेको छ, भन्न मिल्छ ? 
–विलकुल किन मिल्दैन ? राजनीतिक प्रभावको कुरा मात्रै होईन । दलीय भागबण्डाकै कुराहरु आउँछ । होल समाजमा त्यो देखिएको छ भने, नेपाल प्रहरीलाई भिन्न राख्न त मिल्दैन । नेपालको ३५ सय ठाउँमा नेपाल प्रहरीको युनिट छ । कुना कन्दरामा सकारलाई रिप्रिजेन्ट गर्ने काम प्रहरीले गरिरहेको छ । चुनावसँग जोडिएको छ, डेली पब्लिकसँग पनि जोडिएको छ । सबै ठाउँमा उपस्थिति भएको संगठनलाई पोलिटिकल पार्टी वा नेतृत्वले आफ्नो पकडमा राख्न खोजिहाल्छ । त्यसैले समाजबाट अछुतो रुपमा प्रहरी बस्न सक्छ जस्तो मलाई लाग्दैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ