arrow

पूर्खाको बिँडो थाम्दै सेनामा पसेका पूर्णचन्द्र थापा बने चिफ सा’ब

logo
प्रकाशित २०७५ साउन २४ बिहिबार
cnc-purnachandra-thapa.jpg

काठमाडौं। आउँदो भदौ २४ गते नेपाली सेनाका लेफ्टिनेन्ट जनरल पूर्णचन्द्र थापा ५८ वर्ष पुरा हुन १ दिन बाँकी रहन्छ। त्यही दिन उनी प्रधानसेनापति बन्नेछन्। अघिल्लो दिन उनी नेपाली सेनाको प्रधान सेनापति बन्नेछन्, भोली पल्ट ५९ औं जन्मदिन मनाउेछन्। त्यसपछिका ३ वर्ष उनले नेपाली सेनाको सर्वोच्च पद सम्हाल्नेछन्।

वर्तमान प्रधानसेनापति राजेन्द्र क्षेत्रीले थापालाई जिम्मेवारी हस्तान्तरण गर्दै बिहीबारदेखि एक महिने बिदा लिएपछि उनी कायम मुकायम चिफ अफ आर्मी स्टाफ(प्रधानसेनापति) बनेका छन्। 

वि.सं २०१७ साल भदौ २५ गते लमजुङको गाउँशहरमा जन्मिएका थापा, बाजे र बाबुको बिँडो थाम्दै २०३६ सालमा सेकेण्ड लेफ्टिनेन्ट बनेर नेपाली सेनामा प्रवेश गरेका हुन्। उनी २०३७ साल मंसिर २७ मा गोरख बहादुर गणमा सहायक सेनानी दर्जामा नियुक्त भएका हुन्। उनका हजुरबा र बाबु नेपाली सेनामा कार्यरत थिए। बाबु फणेन्द्र बहादुर थापा नेपाली सेनाको प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) सम्म बने।

३८ वर्षे सैन्य जीवनमा उनले, श्रीजंग गण कमाण्ड, सैनिक सचिवालयको कार्यलयमा सम्पर्क अधिकृतका रुपमा समेत जिम्मेवारी सम्हाले। १० वर्षे माओवादी युद्धका बेला पश्चिम पृतनामा सह चिफ अफ स्टाफ बनेका थापाले, जंगी अड्डामा सैनिक सचिव लगायतका जिम्मेवारी पनि सम्हालेका थिए।

थापाले सन् १९८६ मा लेवनानस्थित राष्ट्रसंघको युनिफिल मिसन र १९८९ मा अपरेशन ड्यूटी अफिसरको जिम्मेवारी निर्वाह गरे। त्यस्तै सैनिक परिवेक्षकको रुपमा सन् १९९४ मा पूर्व युगोस्लाभियामा पनि काम गरे। उनले, वि.सं. २०७१ साल माघदेखि १ वर्ष इजरायल र सिरियाको सिमानास्थित गोलान हाइटमा संयुक्त राष्ट्रसंघको विच्छेदन पर्यवेक्षक दलको हेड अफ द मिसन तथा फोर्स कमाण्डरको जिम्मेवारी सम्हालेका थिए। 

त्रिभुवन विश्वविद्यालयबाट सामाजिक विज्ञानमा स्नातक थापाले भारतको मद्रास विश्वविद्यालयबाट डिफेन्स एण्ड स्ट्राटेजिक स्टडीजमा स्नातकोत्तर गरेका छन्। घुमफिर, साईक्लिङ्ग र ट्रेकिङ्गमा विशेष रुची राख्ने थापाको परिवारमा, बुबा फणेन्द्र, आमा सावित्री, श्रीमती दिपा, छोरी रुरु र छोरा रौनक छन्। १० साउनको मन्त्रिपरिषद् बैठकले २४ साउनदेखि नै लागू हुने गरी थापालाई कायममुकायम प्रधान सेनापति नियुक्त गर्ने निर्णय गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ