arrow

तरकारी आतंकः किसानसँग १८मा किन्ने कालिमाटीमा ११० मा बेच्ने

logo
प्रकाशित २०७५ भदौ ५ मंगलबार
kalimativeg.jpeg

काठमाडौँं । कालिमाटी तरकारी बजारमा सोमबार दिनभर तनाव भयो । व्यापारीले चरम कालोबजारी गरेको सूचना पाएपछि मिर्मिरेमै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारी बजार अनुगमनमा पुगे । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको ठाडो निर्देशनमै अनुमगमन टोली पुगेको थियो ।

अनुगमन समितिले कालिमाटीमा तरकारी ल्याइने मुख्य जिल्लाका किसानको खेतमै पुगेर अनुगमन गरेको थियो । धादिङ, मकवानपुर, ललितपुरलगायत जिल्लाका किसानले खेतबाट बेच्ने तरकारीको मूल्य र कालिमाटी बजारमा उही तरकारीको मूल्यमा व्यापक अन्तर भेटिएको छ । ‘कृषकको खेतबाट १८ रुपैयाँदेखि ३५ रुपैयाँसम्ममा काउली बेचिएको पाइयो,’ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकृत दीपकराज पोखरेलले भने, ‘त्यही तरकारी कालिमाटी बजारमा आइपुगेपछि १ सय १० रुपैयाँ प्रतिकिलोसम्म बेचिएको पाइएको छ ।’ (नयाँ पत्रिकाबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ