arrow

साओमीले ल्यायो सस्तोमा स्मार्टफोन, मूल्य घटाउन अन्य स्मार्टफोन निर्मातालार्इ दबाब

logo
प्रकाशित २०७५ भदौ ७ बिहिबार
xiaomi.jpg

काठमाडौं । साओमी कम्पनीले आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले सस्तो मूल्यमा उत्कृष्ट स्मार्टफोन सार्वजनिक गरेको हो । 

साओमीले पोको एफ१ मोडलको नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो । यो स्मार्टफोनमा पछिल्लो स्न्यड्रयागन चिप्सको प्रयोग गरिएको छ । साथै यसमा सामान्य अवस्थाको ४ हजार एमएएचभन्दा पनि ठुलो ब्याट्रिको प्रयोग हुनेछ । यसमा ८ जीबीसम्मको र्‍याम रहनेछ । यो सुविधाहरु सामसुङको नोट ९ सँग मिल्दो रहेको छ । 

यद्यपि यसको मूल्य भने भारतको बजारलार्इ आधार मानेर राखिएको छ । भारतीय बजारमा यसको मूल्य २१ हजार भारतीय रुपैयाँ तोकिएको छ । यसले अन्य स्मार्टफोन निर्माताहरुलाई पनि आफ्नो उत्पादनको मूल्य घटाउनका लागि दबाब बढेको विश्लेषकहरुले बताएका छन् । 

भारतको बजारमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन कम्पनी बनेको साओमी यो क्षेत्रमा आफ्नो हिस्सा कायम राख्न चाहन्छ । त्यसका लागि उसले यस्तो योजना ल्याएको हो । अहिले सार्वजनिक गरिएको स्मार्टफोनमा ६ जीबी र्‍याम रहनेछ भने ६४ जीबीको इन्टर्नल स्टोरेज रहनेछ । यसको अर्को वारियन्टमा भने र्‍याम र इन्टर्नल स्टोरेज पनि बढी रहनेछ । त्यसका लागि ३० हजार भारतीय रुपैयाँ तोकिएको छ । 

स्थानीय बजारमा हुवावे कम्पनीको नयाँ स्मार्टफोन अनर प्लेको मूल्य मात्र साओमीको भन्दा कम रहेको छ तर त्यसको सुविधाहरु भने साओमी भन्दा निकै कम रहेको छ । 

साओमीको व्यापारमा पनि सुधार आइरहेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष कम्पनीको नाफामा पनि उल्लेख्य सुधार आएको देखिएको हो । 

यस वर्ष साओमीको सेयर बजारमा ६८ प्रतिशतले सुधार आएको छ । साओमीको स्मार्टफोनहरु लोकप्रिय बन्दै गएसँगै कम्पनीको सेयरमा पनि उल्लेख्य सुधार आएको हो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ