- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जापानले मंगलबार आफ्नो सुरक्षाको हिसाबले उत्तर कोरिया अझै पनि जोखिम रहेको बताएको छ । मंगलबार ब्यालेस्टिक मिसाइलको काम रोकेको भए पनि सुरक्षाको हिसाबमा अझै पनि उत्तर कोरिया जोखिमपूर्ण अवस्थामा रहेको जापानले बताएको हो ।
मंगलबार सार्वजनिक भएको एक विवरणमा जापानको सुरक्षाको लागि उत्तर कोरिया निकै समस्या बन्नसक्ने जापानी रक्षामन्त्रीले बताएको बताइएको छ । यो विवरणमा उत्तर कोरिया जापानको सुरक्षाको हिसाबमा घातक बन्नसक्ने बताइएको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको भ्रमण रद्द गरेसँगै जापानको तर्फबाट यस्तो भनाइ सार्वजनिक भएको हो । उत्तर कोरियाले पनि अमेरिकी विदेशमन्त्रीले आफ्नो मुलुकको भ्रमण रद्द हुनुको एक कारण जापानसँग जारी रहेको हवाई तालिम जारी रहेको कारण यो भ्रमण स्थगित भएको बताएको थियो ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम जोन उनसँगको भेट सफल भएको भन्दै दक्षिण कोरियासँगको सैन्य अभ्यास बन्द गर्ने निर्णय गरेका थिए ।
अमेरिकाले उत्तर कोरियाले आफ्नो न्युक्लियर कार्यक्रम रोक्नका लागि प्रभावकारी कदम अघि बढाउनुपर्ने बताइरहेको छ भने उत्तर कोरियाले अमेरिकाले सबैभन्दा पहिला आफ्ना वाचाहरु पूरा गर्नुपर्ने अडान राख्दै आएको छ । जसको कारण उनीहरुको बीचमा वार्ता अघि बढ्न नसकेको हो । (एजेन्सी)