arrow

कतारमा रहेका विदेशी कामदारलाई मुलुक छाड्न कम्पनीको स्वीकृति नचाहिने

logo
प्रकाशित २०७५ भदौ २० बुधबार
qater.png

काठमाडौं । मंगलबार कतारले विदेशी कामदारहरुका लागि नयाँ नियम ल्याएको छ । नयाँ नियमसँगै कतारमा रहेका विदेशी कामदारहरुले रोजगारदाता कम्पनीको अनुमति नलिई मुलुक छाड्न सक्नेछन् । 

सन् २०२२ को विश्वकपको लागि तयारी गरिरहेको मुलुकले कामदारहरुलाई बाहिर जाने अनुमति नदिई बन्दी जस्तो बनाएर काममा लगाइरहेको आरोप लागेको अवस्थामा यस किसिमको नियम ल्याएको हो । 

कतारको लागि आगामी विश्वकप आर्थिक हिसाबमा निकै महत्वपूर्ण हुने भएकोले उसले सबै किसिमको विवाद समाधान गर्दै विश्वकप गराउने तयारी गरेको हो । 

अन्तर्राष्ट्रिय श्रम संगठनको दोहामा रहेको कार्यालयले अब यो नियम लागू भएसँगै कामदारहरुले रोजगारदाता कम्पनीसँग अनुमति नलिइकन मुलुक छाड्न पाउने बताएको छ । 

संगठनले कतारले गरेको यो निर्णय निकै सराहनीय रहेको बताएको छ । अघिल्लो वर्ष कतारले कामदारहरुको नियम तथा प्रणालीमा महत्वपूर्ण सुधार गरिने बताएको थियो । अहिले कतारले ल्याएको योजनाले विदेशी कामदारहरु प्रत्यक्षरुपमा लाभान्वित हुने अधिकारीहरुले बताएका छन् । 

श्रम तथा अधिकारवादी संगठनहरुले अहिले पनि कतारमा रोजगारी परिवर्तन गर्दा रोजगारदाता कम्पनीको पत्र आवश्यक पर्ने प्रणाली हटाउनका लागि माग गरेका छन् । करिब १६ लाख एसियन कामदारहरुका लागि अझै पनि यो व्यवस्था रहेको र यसले कामदारहरुको गलत प्रयोग भइरहेको भन्दै उनीहरुले यसको विरोध गरेका हुन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ