arrow

पाकिस्तानलाई अमेरिकी सहयोग रोक्काः चीन र भारतलाई चौका

logo
प्रकाशित २०७५ भदौ २० बुधबार
india-china1.jpg

काठमाडौं। दक्षिण एशियाली दुई मुलुकहरु भारत र पाकिस्तानसँगको सम्बन्धमा खटपट भईरहेको बेलामा अमेरिकी विदेशमन्त्री यही दुई मुलुकको भ्रमणमा निस्किएका छन्। सहयोग रकमको सदुपयोग गर्न नसकेको जस्ता आरोप लगाएर पेन्टागनले पाकिस्तानलाई दिएको ३०० मिलियन डलरको पूर्व घोषित सहयोग अमेरिकाले केही दिन अघिमात्रै रद्द गरेको थियो । 

त्यसो त यो सहयोग रोक्काको काम अमेरिकाले पाकिस्तान माथि पहिलो पटक गरेको भने होईन । यस अघि पनि अमेरिकाले २०१८ को नयाँ वर्षको शुरुवातमै १५ वर्षदेखि पाकिस्तानलाई दिँदै आएको ३३ बिलियन डलर सहयोग पनि रोक्का गर्ने निर्णय गरेको थियो। त्यतिबेला पनि पाकिस्तानमा सुरक्षा सहयोग कटाउनको लागि धेरै भारत र अफगानिस्तानले धेरै पहल गरेका थिए। फलतः अमेरिकाले त्यतिबेला पनि पाकिस्तानमाथिको सहयोग रोक्का गर्ने निर्णय गरेको थियो । यसरी अमेरिकाले पाकिस्तानलाई सहयोग रोक्का गर्दा भारत, अफगानिस्तान लगायतका मुलुकलाई त फाईदा भएको मान्न सकिन्छ नै । पाकिस्तानमाथि आफ्नो एकल प्रभुत्व जोगाउने प्रयासमा रहेको चीनलाई समेत विशेष फाईदा हुने देखिएको छ। 

पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानसँग भेटघाट गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ बुधबार इस्लामाबाद आएका छन्। हालैका महिनामा चिस्सिएको दुवै देशबीचको सम्बन्धलाई नयाँ गति दिने पोम्पेओको भ्रमणको मुख्य उद्देश्य रहेको बताईएको छ। तर, यो विषय शंकास्पद र गम्भीर यस कारण पनि छ कि सहयोगको रोक्का गरेको अमेरिका भोलिपल्टै सोही देशको भ्रमणको लागि कसरी जानसक्ला ?

यो विषयमा पछिल्ला समय धेरै विश्लेषणहरु आउने गरेका छन् । धेरैले पाकिस्तानलाई दिएको सहयोग फिर्ता गरेपनि राजनीतिक रुपमा दुई देशीय सम्बन्धमा खटपट नहोस् भन्ने उद्देश्यले भ्रमण तय भएको हुनसक्ने तर्क एक पक्षको छ भने अर्को पक्षको तर्क भारतसँग चिसिएको सम्बन्धका कारण भारतलाई देखाउनकै लागि पनि पहिले पाकिस्तानको भ्रमण गरेको हुनसक्ने तर्क अर्को पक्षको छ । 

अमेरिकी उच्च कूटनीतिज्ञ पोम्पेओले इस्लामाबाद आएलगत्तै सङ्क्षिप्त प्रतिक्रिया दिँदै भने, “दुई देशबीचको सम्बन्धलाई नयाँ ढङ्गबाट अगाडि बढाउने भ्रमणको मूल उद्देश्य हो।” अफगानिस्तानमा जारी द्वन्द्वमा पाकिस्तानले पर्याप्त सहयोग नगरेको बरु उल्टै अफगान लडाकूलाई हतियार र आश्रय दिएको अमेरिकी आरोप छ। “हो, हामीबीच धेरै किसिमका चुनौती छन्, तर पाकिस्तानको नयाँ नेतृत्वसँग नयाँ समझदारी बन्ने र हाम्रा साझा मुद्दामा मिलेर काम गर्न सकिने हाम्रो विश्वास छ,” उनले भने।

आर्थिक हिसावले चीनसँग समर्पित प्राय भईसकेको पाकिस्तानले सबैसँग सुमधुर सम्बन्धको परिकल्पना गर्नसकेपनि चीनको साथ छोड्न नसक्ने अवस्थामा पुगिसकेको छ। यस्तो अवस्थामा अमेरिकी विदेश मन्त्रीको यो भ्रमणमा भारत भन्दा पहिले पाकिस्तान रोजाईमा पर्नु जिज्ञासाको विषय बनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ