arrow

ठूलो परिमाणमा पाटेबाघको हाड र छाला सहित बर्दियामा बृद्ध पक्राउ

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1150850294.jpeg
यादव आचार्य, बर्दिया। लोपोन्मुख प्यान्थेरा टाईग्रीस टाईग्रीस प्रजाती अन्र्तगतको पाटे बाघको हाड र छाला सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। साईटीसद्वारा प्रतिवन्धित दुर्लभ बन्यजन्तु पाटेवाघको अवैध ओखेटोपहार सहित सानोश्री ताराताल नगरपालिका वार्ड नं. ४ बर्दिया निवासी ६९ बर्षिय डम्वर वहादुर गुरुङ्गलाई प्रहरीले घरबाट पक्राउ गरेको हो ।
 
सूदुरपश्चिम क्षेत्रीय प्रहरी अनुसन्धान व्युरोका प्रहरी नायव निरिक्षक विरेन्द्र जुहारीको नेतृत्वमा रहेको टोलीले विशेष सुराकीको आधारमा गुरुङ्को साथबाट पाटेबाघको साढे ७ किलो हड्डी र ९ फिट लामो छाला समेत पक्राउ गरेको जिल्ला वन कार्यालय बर्दियाका सहायक वनअधिकृत द्रोणराज शर्माले वताए। बाँकी विवरण वारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ