arrow

निर्मला हत्या प्रकरण : उच्चस्तरीय छानविन समितिका एक सदस्यलाई हृदयघात, उपचार हुँदै 

logo
प्रकाशित २०७५ भदौ २९ शुक्रबार
Nirmala-Pant.jpg

काठमाडौं । कञ्चनपुरको भीमदत्तनगर–२ की निर्मला पन्तको रहस्मय हत्या घटनाको छानविन गर्न गठित उच्चस्तरीय छानविन समितिका एक सदस्यलाई हृदयघात भएको छ । 

गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित उच्चस्तरिय छानविन समितिका सदस्य सशस्त्र प्रहरी वलका डिआइजी वसन्त बानियाँलाई हृदयघात भएको हो ।  

घटनाको छानविन गर्ने क्रममा महेन्द्रनगरमा खटिएका बानियाँलाई छ दिनअघि एक्कासी हृदयघात भएको जानकारी सशस्त्रले ढिलोगरी दिएको हो । सशस्त्र प्रहरी वलका अनुसार उनको काठमाडौंकै एक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालकाे नाम भने दिइएकाे छैन । 

यसअघि त्यही समितिका सदस्य एवं उपसचिव वीरेन्द्र केसीले शान्तिसुरक्षाको माग गर्दै समितिबाट राजीनामा दिएका थिए । गृहमन्त्री रामबहादुर थापा र सचिव प्रेमकुमार राईसंँगको छलफल पछि उनी पुनःसमितिमा फर्किएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ