arrow

भारतकै महङ्गो चलचित्र ‘२.०’ को टिजर सार्वजनिक, ट्रेन्डिङमा नम्बर वान [भिडियोसहित]

logo
प्रकाशित २०७५ भदौ २९ शुक्रबार
2.0_.jpg

काठमाडौं । बहुप्रतिक्षित भारतीय चलचित्र ‘२.०’को टिजर सार्वजनिक भएको छ । भारतकै सबैभन्दा महङ्गो उक्त दक्षिण भारतीय चलचित्रमा अक्षय कुमार पहिलो पटक नेगेटिभ भूमिकामा छन् । 

यो फिल्ममा रजनीकान्तले नायकको भूमिका निभाएका छन् । बिहीबार सार्वजनिक गरिएको उक्त फिल्मको टिजर नै यसरी धुँवादार तरिकाले अगाडि बढेको छ कि ट्रेन्डिङमा समेत एक नम्बरमा कायम रहेको छ । डेढ दिनमै एक करोड भन्दा बढी भ्यु भएको छ । 

अक्षयलाई टिजरमा दमदार भूमिकामा देखाइएको छ । अक्षयलाई गिद्धको रुपमा देखाइएको छ भने उक्त भयंकर भिलेनलाई नष्ट गर्नका लागि रजनीकान्तले एक पटक फेरि ‘रोबोट’ फिल्मका पात्र ‘चिंटी’ बनेका छन् । 

५ अर्ब ४३ करोड भारतीय रुपैयाँमा बनेको उक्त फिल्मको टिजर डेढ मिनेटको भएकामा अक्षयलाई मात्र २ सेकेन्ड देखाइएको छ । त्यही दुई सेकेन्ड नै दमदार छ । यो चलचित्र नोभेम्बर २९ मा रिलिज हुँदैछ । 

उच्च भीएफएक्स प्रयोग गरिएको चलचित्र ‘२.०’लाई शंकरले निर्देशन गरेका हुन् । चलचित्रमा एआर रहमानको सङ्गीत रहेको छ । चलचित्रमा एमी ज्याक्सनको पनि मुख्य भूमिका रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ