arrow

को हुन् १३ औँ महाधिवेशनमा केन्द्रिय सदस्यका उम्मेद्वार : तेह्रथुमका तुलसी सुब्बा ?

logo
प्रकाश धौलाकोटी ,
प्रकाशित २०७२ फागुन ७ शुक्रबार
tulasi-subba.JPG.jpeg
तेह्रथुम । नेपाली कांग्रेस तेह्रथुमका नेता तथा महासमिति सदस्य तुलसी सुब्बाले १३ औँ महाधिवेशनमा केन्द्रिय सदस्यमा उमेद्धारी दिने तयारी गरेका छन् । पुर्वमा निकै  प्रभावशाली मानिने नेता सुब्बाले आदिवासी जनजातिको तर्फबाट केन्द्रिय सदस्यमा उमेद्धारी दिनेगरी तयारी गरिरहेको बताए ।पुर्वका धेरै जिल्लाका कांग्रेस नेताहरुले समेत सुब्बालाई केन्द्रिय सदस्यमा लड्न सुझाएको श्रोतले बतायो । जिल्लामा कार्यकर्ताको मन जित्न निकै माहिर मानिने सुब्बाका अझैपनि १२ हजार बढी कार्यकर्ता र समर्थक रहेको बताइन्छ । पन्चायतकालमै सहायक मन्त्री भइसक्नुभएका सुब्बाले तेह्रथुमसहित पुर्वको विकास निर्माणमा समेत उल्लेख्य योगदान गरेका छन् । महाधिवेशनमा केन्द्रिय सदस्यको उमेद्धारी दिने बताउँदै आएका सुब्बाका बारेमा यहाँ चर्चा गरिएको छ ।  
 
कांग्रेस नेता तुलसी सुब्बा वि.स. २०११ सालमा बुवा शमशेरबहादुर र आमा भुपकुमारीको कोखबाट साइलो सन्तानको रुपमा तेह्रथुमको म्याङलुङ्गमै जन्मेका हुन् । बाल्यकाल सामान्य ढंगले नै बिताएका सुब्बाले २०२६ सालमा सिंहवाहिनी माविबाट एसएलसी उत्तीर्ण गरे । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातक तहसम्मको औपचारिक अध्ययन गरेका छन् । अंग्रेजी भाषामा राम्रो दख्खल राख्ने नेता सुब्बा अझैपनि अध्ययनशील छन् । 
 
राजनीतिमा औपचारिक यात्रा ०३४ सालबाट सुरु गरेका उनले तत्कालिन पञ्चायतकालिन व्यवस्थाबमोजिम गा.स.मा निर्वाचित हुदै २३ वर्षको उमेरमै जिल्ला पञ्चायतको उपसभापति बनेर काम गरे । ०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्य बनेका उनले ०४० सालमा सुर्यबहादुर थापाको कार्यकालमा कृषि सहायक मन्त्री बने । कृषि सहायक मन्त्रीमा १ वर्ष कार्यरत रहँदा उनले पुर्वमै चर्चित र ठुलो पिंगुवा सिंचाई आयोजनाको थालनी, सिर्दले खानेपानी आयोजना, तुम्लिङटार हवाई मैदान निर्माणको सुरुवात र हिले–बसन्तपुर सडक निर्माणको काम थालनीमा महत्वपुर्ण योगदान गरे । 
 
०४६ सालको आन्दोलनपछि पञ्चायती व्यवस्था त्यागेर राष्ट्रिय प्रजातन्त्र पार्टीको संस्थापक केन्द्रिय सदस्य बने । पछि राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र समेत विभिन्न बैचारिक र सैद्धान्तिक विवादका कारण रहन सक्ने अवस्था नभएपछि ०५६ सालमा राप्रपा परित्याग गरी स्वतन्त्र उमेद्धारको रुपमा संसदको चुनाव लडेर जिल्लामा दोस्रो स्थान ल्याउन सफल बने ।
 
नेता सुब्बा ०५७ मा आफ्ना १० हजार कार्यकर्ता र समर्थक सहित कांग्रेसमा प्रवेश गर्नुभएपछि तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको मन जित्न सफल भई पोखरामा भएको १० औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको रुपमा समेत मनोनित हुन सफल भए । कांग्रेसको विधान अनुसार महाधिवेशन प्रतिनिधिकालागि १० वर्ष क्रियाशील सदस्य हुनुपर्ने भएपनि केन्द्रिय सभापतिकै मनोनयनबाट महाधिवेशन प्रतिनिधि भएर सहभागी हुनुले तत्कालिन कोइराला परिवारबाट उहाँले निकै माया पाउनुभएको बुझ्न सकिन्छ । त्यसपछि सुब्बा कोइराला परिवारका निकै निकटका जनजाति नेतामा पनि चिनिन्छन् । 
 
उनका अनुसार १३ औँ महाधिवेशनमा सभापति शुशील कोइरालाले पनि केन्द्रिय सदस्यकालागि आफ्नो प्यानलबाट टिकट दिने पक्का गरेका थिए । तर कोइरालाको निधनपछि सुब्बालाई संस्थापनकै प्यानलबाट केन्द्रिय सदस्य लड्नकालागि निकै कसरत गर्नुपर्ने बुझिएको छ । यद्यपि आफुलाई पुर्वका धेरै नेता कार्यकर्ताको साथ रहेकाले आफुले टिकट पाउने र केन्द्रिय सदस्यमा निर्वाचित हुनेमा ढुक्क रहेको उनले बताए । 
 
नेता सुब्बाले तेह्रथुम जिल्लाको कांग्रेसको संगठन निर्माण र विकासमा महत्वपुर्ण भुमिका निर्वाह गरेका छन् । सुब्बाले कांग्रेसले तेह्रथुम जिल्लामा ०१५ सालदेखि संसदको निर्वाचनमा बेहोर्दै आएको हारलाई तोड्दै ०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ ४ हजार बढी मतले विजयी भए र कांग्रेसलाई जिताए ।
 
कांग्रेसको १२ औँ महाधिवेशनबाट महासमिति सदस्यमा निर्वाचित भएका सुब्बा १३ औँ  महाधिवेशनमा जिल्लाबाट महाधिवेशन प्रतिनिधि भएर महासमिति सदस्य समेत सर्वसम्मत भएपनि केन्द्रिय महाधिवेशनमा केन्द्रिय सदस्यको पदमा उमेद्धारी दिने तयारीमा लागेका हुन् । उनले पार्टीमा रहेका जातीय, क्षेत्रीय र वर्गीय विभेदको अन्त्य गर्दै समावेशी, स्वच्छ र स्वस्थ साथै समृद्ध पार्टीको रुपमा नेपाली कांग्रेसलाई स्थापित गर्नकालागि आफुले केन्द्रिय सदस्यमा उमेद्धारी दिएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ