arrow

राष्ट्रसंघीय महासभामा कोफी अन्नानको सम्झना

logo
प्रकाशित २०७५ असोज ६ शनिबार
kofi-annan-UN.jpg

संयुक्त राष्ट्रसंघ ।“संयुक्त राष्ट्रसंघ र कोफी अन्नान एक अर्काका परिपुरक हुन्, एउटालाई भुलेर अर्को अपुरो हुन्छ,” राष्ट्रसंघका वर्तमान महासचिव एन्टोनिओ गुटेर्रेसले पूर्व महासचिव अन्नानलाई सम्झदै शुक्रबार भने ।
 
पूर्व महासचिव अन्नानका गत अगस्ट १८ तारिखका दिन निधन भएकाले महासभामा उनको सम्झना गरिएको हो ।
 
घानाका नागरिक अन्नानले विश्वमा शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै नोबेल पुरस्कार समेत पाउनु भएको थियो ।
“उहाँ बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो, हामीले उहाँलाई चाडै गुमायौँ, त्यसको अभाव महशुस गरिरहका छौँ, तै पनि हामी उहाँबाट धेरै प्रभावित छौँ,” गुटेर्रेसले भने।
 
उनले सम्झदै भने, “कोफी अन्नानले पछिल्लो कुराकानीमा राष्ट्रसंघलाई मानवीयतातर्फ केन्द्रित गर्न आग्रह गर्नुभएको थियो, उनलाई विश्वभरका मानवको मानवअधिकार, आत्मसम्मान र न्यायका बारेमा चिन्ता थियो ।”
 
राष्ट्रसंघको ७३ औँ महासभामा बोल्नेहरु मध्ये अरुले पनि उनलाई असल र सफल महासचिवका रुपमा स्मरण र सम्मान गरेका थिए ।अन्नान दुई कार्यकाल राष्ट्रसंघको महासचिव भइ विश्वमा शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेका थिए । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ