arrow

चाडबाडका बेलामा आगलागी, घर जलेर खरानी

logo
प्रकाशित २०७५ असोज ७ आइतबार
fire.jpeg

कावासोती । नवलपरासीको कावासोती नगरपालिका–८ मा आइतबार बिहान ३ बजेको समयमा विद्युत् सर्ट भई आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । 

कावासोती–८ निवासी पूर्णचन्द्र लम्सालको टिनले छाएको घरमा आगलागी भएको हो । आगलागीबाट अन्नपात, लत्ताकपडा र नगद गरी रु ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । 

आगो दमकल, प्रहरी र स्थानीयको प्रयासमा २ घण्टामा नियन्त्रणमा आएको थियो । आगलागीबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ