arrow

नेपालका आठ जिल्लामा निःशुल्क तालिम दिदै युएईका नेपाली व्यवसायी, कहाँ कहिले ? 

logo
प्रकाशित २०७५ असोज ८ सोमबार
om-uprety.jpg

युएई । युएईमा सिकेको ज्ञान, सीप र जिवन उपयोगी कला  सिकाउन युएईका नेपाली व्यवसायी ओम उप्रेती पुनः नेपालका आठ जिल्ला पुग्ने भएका छन् । गत चैत १ देखि शुरु भएको यो अभियानको दोश्रो चरण आमामी असोज १२ गते स्याङ्जा जिल्लाबाट शुरु हुने अभियन्ता तथा डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी युएई तथा डिस्कभरी रोयल स्पोर्ट्स प्राली नेपालका प्रबन्ध निर्देशक ओम उप्रेतीले जानकारी दिएका छन् ।  

आगामी १३ असोजमा स्याङ्जाबाट शुरु गरिने अभियान पाल्पाको रामपुरमा असोज १४ गते, गुल्मीमा असोज १५ गते, बुटवलमा १६ गते निःशुल्क प्राथमिक तालिम आयोजना हुनेछ ।

त्यसैगरी असोज १९ मा सर्लाही, असोज २० मा इटहरी, २१ गते मोरङको बेलवारी र समापन कार्यक्रम असोज २२ गते झापामा हुनेछ ।  

किन आयोजना हुँदैछ यो तालिम ?
पहाडी र गाउँनै गाउँले भरिएको हाम्रो देश नेपालमा स्वास्थ्यसेवा महँगो र सर्वसाधारण नेपालीहरुको पहुँचबाट अझै पनि बाहिरै छ । आधारभूत स्वास्थ्य ज्ञान अनि चेतनाको कमी र आकस्मिक प्राथमिक उपचारको अज्ञानताका कारण हजारौं नेपालीहरुको बर्सेनि ज्यान गएको समाचारहरु हामी सुनिरहेका छौं । स्वास्थ्यचौकी, अस्पताल र चिकित्सकहरु सबै गाउँगाउँमा पुग्न नसकेको वर्तमान नेपाली ग्रामीण यथार्थलाई मध्यजनर गर्दै युएईमा कार्यरत एक नेपालीले आफूले सिकेको प्राथमिक स्वास्थ्य उपचार र विपत्तिमा कसरी मानिसलाई बचाउने भन्ने ज्ञान बाँड्ने सोच दिमागमा खेलाए । 

आफूले रोजगारीका क्रममा सिकेको ज्ञानले विभिन्न दुर्घटना, विपत्तिबाट कैयौलाई परदेशमा बचाएको आफ्नो अनुभव नेपालमा पनि लागू गर्न सके मानव जीवन सफल हुने र केहीको जीवन बचाउन सके पुण्य हुने उनले विचार गरे । 

आफ्नो ज्ञान र सीप जति बाँड्यो यति राम्रो हुन्छ भन्ने मातापिताबाटै सिकेका थिए । तसर्थ, उनले विदेशमा सिकेको ज्ञानलाई केकसरी नेपालसम्म फैलाउन सकिन्छ भनी परिकल्पना गरे ।

विदेशबाट पैसामात्र होइन, सीप, ज्ञान र नयाँ चेतना पनि नेपाल भित्र्याउनपर्छ भन्ने उनको पहिलेदेखिकै योजना थियो ।

प्राथमिक उपचारको कारण अकालमा मर्न लागेका धेरैलाई बचाएको आफ्नो ज्ञान नेपालमा फैलाउनु पनि समाजसेवाको एक अंश मान्दै उनले प्रोजेक्ट–निःशुल्क प्राथमिक उपचार तालिम सुरु गरेको बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ