arrow

नुरप्रसाद किन बदनाम हुँदैछन् ? 

logo
प्रकाशित २०७५ असोज ९ मंगलबार
nur-prasad-adhikari.jpg

काठमाडौं । गोरखा फुजेलका स्वर्गीय नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारी बदनामित हुँदै गएका छन् । 

भाइ कृष्णप्रसादको तत्कालीन माओवादीले हत्या गरेपछि भाइका हत्यारालाई कार्वाहीको माग गर्दै आएका नुरप्रसाद केही वर्ष बेपत्ता पनि भए । केही समयअघि प्रहरीले खोजेर आमा गंगामायालाई वीर अस्पतालमा बुझायो पनि । 

सो क्रममा उनलाई मुद्दा मिलानका लागि दवाव आएको पनि बताइयो । उनले फेसबुक स्टाटसमा पनि लेखे । तर भाइको मुद्दाको हाजिरी गर्न चितवन गएनन् । जसले गर्दा मुद्दा फितलो भयो । आरोपी सबै छुटे । 

अहिले आफै फसेका छन् । मुद्दाको विषयलाई लिएर उच्च अदालत पाटनको इजलासमै विध्वंश मच्चाएपछि न्यायिक प्रहरीले पक्राउ गरी ललितपुर प्रहरी परिसरको जिम्मा लगाएको छ। 

अर्कैको मुद्दामा वारेश रहेका अधिकारीले जग्गा किचलो, घर बहाल र निषेधाज्ञासम्बन्धी मुद्दामा आफ्नो पक्षलाई हराएको भन्दै कुर्सी उठाएर इजलासमा प्रहार गरेका थिए।

इजलास अधिकृत रोचन बस्नेतलाई ताकेर हानेको कुर्सी सिधै इजलासको झ्यालमा ठोक्किँदा सिसा फुटे । त्यसपछि अधिकारीले न्यायाधीशको इजलासमा रहेका दराज र पुस्तक र्याकसमेत हानेर छरपस्ट पारे। अधिकारीलाई ललितपुर जिल्ला अदालतबाट सात दिने थुना म्याद थपेर अनुसन्धान भइरहेको छ।

उनको विद्रोही स्वभाव बनाउनेहरु निर्दोष भएर हिँडिरहेका छन् । सत्तामा छन् । उनले न्याय पाउने छैनन् । न्याय पाउँदिन भनेरै उनी भाइको मुद्दाका लागि अदालतले बोलाउँदासमेत चितवन गएनन् । 

चितवन नगएर भाइका हत्यारालाई जितायो भन्ने अफबाह पनि फैलाइयो । तर कृष्णप्रसाद घटनाको जिम्मा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले लिइसकेका थिए । तर अदालतले आरोपी समेत छुटायो । 

यसैकारण नुरप्रसाद विश्वस्त छैनन् । उनका बाबुको शव ०७१ असोज ६ देखि शिक्षण अस्पताल महाराजगञ्जमा छ भने आमा निरन्तर वीर अस्पतालमा छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ