arrow

'८ वर्ष भयो सडक बिग्रिएको मर्मत हुदैन'

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ असोज १० बुधबार
phidim_nagarpalika_map.png

पाँचथर। मध्यपहाडी पुष्पलाल लोकमार्गले छोएको नमूना शहरको रुपमा विकशित फिदिम बजारमा रहेका बिग्रिएका सडकहरु मर्मत नहुदा दुर्घटनाको जोखिम बढेको छ। सम्वन्धित निकायले एक अर्कोलाई देखाएर पन्छिने गर्दा यस सडकमा यात्रा गर्ने सर्वसाधरण तथा सवारी साधानलाई सास्ती भएको छ।

नमूना शहर घोषणा भएको ५ वर्ष वित्न लाग्दा पनि अहिलेसम्म यस शहरको सोचे अनुरुपको काम नसकेपछि नगरवासी निराश बनेका छन्। नमूना शहरको काम गर्न स्थापना भएको नयाँ शहर र स्थानीय सरकार फिदिम नगरले एकले अर्कोलाई काम गर्ने देखाएर काम नगर्दा सर्वसाधरणलाई सास्ती भएको हो।

फिदिमको गणतन्त्र चोक देखि ठाँडो लाइन हुँदै शिवालय सम्म जाने सडकको कालोपत्रे गरेपनि अहिले भत्किएर कच्ची सडकजस्तै बनेको छ। स्थानिय दिपक दवाडीले भने,“बजार भित्र कालोपत्रे भएको ८ वर्ष वित्यो अहिले कच्ची सडक जस्तै बनेको छ, स्थानीय सरकार आएको पनि डेण वर्ष वित्यो, न त स्थानीय सरकारले काम गरेको छ न त नयाँ शहरले भत्किएको सडकको मर्मतका लागि चासो देखाएको छ। अहिले यस सडकमा जोखिम बढेको छ।”

नयाँ शहरमा बजेट केन्द्रले स्वीकृत नगरिदएको र यसबारेमा नगरपालिका सित समन्वय गरेर कार्यालयको प्राविधिक सहयोग उपलब्ध गराएर यस सडकको काम अघि बढाउन सकिने नयाँ शहर आयोजना प्रमुख विश्वराम प्रजापतिले बताए। यो सडकको ८ मिटर चौडा बनाउने र छेउछेउमा नाली निर्माणको काम गरी अघि बढाउन प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङवो मौसमसित छलफल गरेको बताए।

यसका लागि प्रदेशले रकम छु्ट्याउने भनेको तर टुंगो भने लागि नसकेको उनको भनाई छ। फिदिम बजार भित्रका सडकको विषयमा नयाँशहर, फिदिम नगरपालिका र प्रदेश सरकार सित समन्वय गरेर अघि बढ्ने फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ