arrow

कांग्रेसको कार्यकारी पदमा ७० वर्षसम्मको उमेरहद राख्न सुझाब

logo
प्रकाशित २०७५ असोज १३ शनिबार
congress-flag2.jpg

काठमाडौं। नेविसंघको महाधिवेशनबारे कुनै निर्णयमा नपुगेको कांग्रेस विधान संशोधनको गृहकार्यमा जुटेको छ। सातवटै प्रदेशका विभिन्न १२ स्थानमा मस्यौदामाथि सुझाब लिइँदै छ। यसबीच प्रदेश १ को इलाम र विराटगरमा भएको कार्यक्रममा सहभागीले कार्यकारी पदका लागि उमेरहद राख्न सुझाब दिएका छन्।

विधान मस्यौदा समितिका सदस्य आनन्दप्रसाद ढुंगानाले दिएको जानकारीअनुसार कार्यकारी पदमा ७० वर्षको मापदण्ड लगाउनुपर्ने सुझाब दिइएका छन्। ‘पार्टीमा युवाहरूलाई आकर्षित गर्न कार्यकारी पदमा उम्मेदवारी दिन ७० वर्षसम्मको उमेरहद राख्नुपर्छ भन्ने सुझाब आएका छन्,’ ढुंगानाले भने, ‘७० वर्ष नाघेकाहरूले संरक्षक र सहयोगी बनेर अरूलाई अवसर दिनुपर्छ भन्ने मत आएका छन्।’
 
कांग्रेसमा अहिलेसम्म महाविधेशन हुने वर्ष मात्र कमिटीहरूको निर्वाचन हुँदै आएको छ। तर, विधान संशोधन गरी गाउँ–नगरको अधिवेशन पहिलो दुई वर्ष र प्रदेशसम्मको तीनदेखि चार वर्षभित्र गरेपछि महाधिवेशन गरी पार्टीलाई पाँच वर्षसम्म सक्रिय बनाइराख्नुपर्ने सुझाब पनि आएको नेताहरूले जानकारी दिए।  (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ