arrow

इन्डोनेसियामा भूकम्पपछि आएको सुनामीबाट मृत्यु हुनेको संख्या ८३२ पुग्यो 

logo
प्रकाशित २०७५ असोज १४ आइतबार
indonesia2.jpg

काठमाडौं । इन्डोनेसियाको सुलावेसी द्वीपमा ७.५ रेक्टर स्केलको भूकम्पपछि आएको सुनामीबाट मृत्यु हुनेको संख्या ८३२ पुगेको छ । सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार आइतबार मृत्यु हुनेको संख्या ८३२ पुगेको हो । 

यो संख्यामा अझै वृद्धि हुनसक्ने बताइएको छ । मुलुकको आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार अहिले पनि उद्धारकार्य जारी रहेको छ । शुक्रबार आएको भूकम्पपछि पानी सहरमा परेको थियो । जसको कारण ३ लाख ५० हजार जनसंख्या रहेको सहरका घरहरु बगाएको थियो । 

मृत्यु हुनेमा ११ मानिसहरु डोंगगाला र बाँकी पालू प्रान्तको रहेको बताइएको छ । अझै केही विदेशी नागरिकहरु बेपत्ता रहेको बताइएको छ । बेपत्ता भएका नागरिकहरुमा एक जना फ्रान्स, एक दक्षिण कोरिया र केही मानिसहरु अन्य मुलुकहरुको रहेको बताइएको छ । 

मानिसहरुलाई घरबाट बाहिर निकाल्न र राहत वितरण कार्यमा समस्या आइरहेको समाचारमा बताइएको छ । सरकारी अधिकारीकाअनुसार अहिलेसम्म मानिसहरु निकै नराम्रो अवस्थामा पुगेको र केही मानिसहरु भने सामग्रीहरुमुनि पुरिएर रहेका छन् । 

प्रभावित क्षेत्रमा बिजुली र दूरसञ्चार सेवा ठप्प भएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ