arrow

मिर्गौला पीडितलाई पोर्चुगलबाट आर्थिक सहयोग

logo
भरत प्रधान,
प्रकाशित २०७५ असोज १९ शुक्रबार
shakti_pdd_chalise.jpg

लिस्बन। दुबै मिर्गौला फेल भई उपचाररत रहेका नवलपुरका एक युवालाई नवलपुर समाज पोर्चुगलले आर्थिक सहयोग प्रदान गरेको छ । जिल्लाको गैंडाकोट नगरपालिका – ६ का ३३ बर्षीय शक्ति प्रसाद चालिसेको उपचार सहयोगार्थ  समाजले आर्थिक सहयोग गरेको हो ।

पीडित चालिसेको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएपछि समाजले रकम संकलन गरि प्रवासी मूलुक पोर्चुगलबाट आर्थिक सहयोग गरेको हो ।

समाजले सञ्चालन गरेको आर्थिक सहयोग अभियान अन्र्तगत संकलीत एक लाख २३ हजार एक सय रुपैयां नगद पीडित चालिसेको बैंक खातामा पठाईएको समाजका अध्यक्ष जयभद्र सापकोटाले राससलाई जानकारी दिए।

आफ्नो जिवन रक्षाका लागि सहयोगको याचना गरेका चालिसेको उपचारमा राहत मिलोस् भन्ने उद्धेश्यले रकम संकलन गरि पठाईएको सापकोटाले बताए। काठमाण्डौं स्थित बीर अस्पतालमा डायलाइसिस गरि उपचार गराइईरहेको पीडित चालिसेको मिर्गौला प्रत्यारोपणको लागि पहल भईरहेको छ ।

चालिसेको उपचारका लागि जापान, दक्षिण कोरिया, कतार, साउदी अरब लगायतका प्रवासी मूलुकहरुबाट समेत सहयोग जुटिरहेको सापकोटाले बताए ।

यसअघि समाजले चालिसेको उपचार सहयोगार्थ एक लाख सात हजार पांच सय ८५ रुपैयां नेपाल पठाएको थियो । पीडित चालिसेको श्रीमती, ४ बर्षीय छोरा र बृद्ध बुवाआमा रहेका छन् 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ