arrow

दशैंको मुखमा तलब नपाउँदा कर्मचारी रिसले चुर

logo
प्रकाशित २०७५ असोज २० शनिबार
karmachari-1.jpg

काठमाडौं। विस २०७५ सालको बडादशैं नजिकिँदै गर्दा धेरैजसो कार्यालयका कर्मचारीको हात र खातामा पेस्कीसहितको तलब परिसकेको छ। तर शिक्षा विकास तथा मानव स्रोत केन्द्रका कर्मचारी भने ३ महिनादेखि तलब नपाउँदा रिसले चुर बनेका छन्। 

केन्द्रका २ सय ५० तथा एकाइ र अन्य निकायका १ सय १ गरी ४ सय ५१ कर्मचारीले तलब पाएका छैनन्। लतब नपाउनेमा महानिर्देशक र उपमहानिर्देशकसमेत छन्। 

केन्द्रले तलब खुवाउन कुनै पहल नै नगरेको कर्मचारीको आरोप छ। केन्द्रको यस्तो पाराले आफूहरुको दशैं नै खल्लो हुने उनीहरुको गुनासो छ। (नेपाल समाचारपत्र)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ