- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । निर्माण व्यबसायीहरुले समयमै गुणस्तरिय काम नगरेर आयोजनाहरु अलपत्र पारिरहेको गुनासो आइरहेको बेला रसुवा कन्सट्रक्सन कम्पनीले एक पछि अर्को आयोजना निर्माण अवधि भन्दा डेढ बर्ष अघिनै सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्दै छ।
सिन्धुलीको मरिन खोलामा निर्माण गरिएको पुल ठेक्का सम्झौता अवधि भन्दा डेढ बर्ष अघनै निर्माण सम्पन्न गरि सरकारलाई हस्तान्तरण गरेर सरकारी स्तरबाट प्रशंशा कमाएको रसुवा कन्सट्रक्सन कम्पनीले सिन्धुलीकै कमला र रातु नदि मा निर्माणाधिन पुल पनि ठेक्का सम्झौता अबधि भन्दा झण्डै डेढ बर्ष अधिनै निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्दै छ।
कमलामा निर्माण गरिएको पुल गत साउन महिनाबाट संञ्चालनमा आइसकेको छ भने रातु पुल दशै लगतै संञ्चालनमा आउदै छ। यी दुबै पुलको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट तिहार लगतै हुने कार्यक्रम छ। मरिन खोलाको पुलको भने गत महिना पूर्व प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्डले उद्घाटन गरेका थिए ।
झण्डै ४५ बर्ष अघिदेखि निर्माण व्यवसायमा संलग्न रसुवा कन्सट्रक्सन कम्पनीको मुख्य उदेश्य नै निर्धारित समय भित्रै गुणस्तरिय निर्माण सम्पन्न गर्नु रहेको कम्पनीका अघ्यक्ष राजेन्द्रराज आचार्य बताउँछन् ।
४५ वर्षको यो अबधिमा रसुवा कन्सट्रक्सनले निर्माण गरेका कुनै पनि आयोजनामा गुणस्तर र समयमा कुनै गुनासो नरहेको अघ्यक्ष आचार्य बताउँछन् । कम्पनी अन्तरगत संञ्चालित अन्य सबै आयोजनाहरु गुणस्तरियताका साथ समय अगाबै सम्पन्न गर्ने हिसाबले काम अगाडी बढी रहेको कम्पनीका अर्का संञ्चालक राममणी आचार्य बताउँछन् ।
कम्पनीका संञ्चालकहरुको प्रत्यक्ष निगरानीमा निर्माण कार्य अगाडि बढाइरहेकाले पनि रसुवा कन्सट्रक्सनको काम गुणस्तरिय र समयमै सम्पन्न हुने गरेको सडक विभागका अधिकारीहरु बताउँदछन् ।