arrow

इन्टरनेटबाट भित्रिएको विकृतिले अभिभावकको टाउको दुखाइ

logo
प्रकाशित २०७२ फागुन १० सोमबार
child-internet.jpg.jpeg
एजेन्सी। इन्टरनेट र सामाजिक सञ्जालको विकास र विस्तारसँगै त्यसबाट भित्रिएको विकृति अभिभावकलाई अहिले टाउको दुखाइ बनेको छ। युवा पुस्ता मात्र नभएर बालबालिकासमेत इन्टरनेट र सामाजिक सञ्जालमार्फत अश्लील तस्वीर र भिडियो डाउनलोड गरी हेर्ने प्रवृत्ति बढेपछि अभिभावकको टाउको दुखाइ विषय बनेको हो।
 
सामाजिक सञ्जालको सबैभन्दा बढी प्रयोगकर्ता उच्चमाध्यामिक तहका विद्यार्थी भए पनि त्यसको दुरुपयोग गरी अश्लील र यौन उत्तेजक तस्वीर र भिडियो हेर्नेमा उनीहरु नै अग्रपङ्क्तिमा देखिएका छन्। नयाँ प्रविधिको विकाससँगै फैलने विकृति र विसङ्गतिलाई निरुत्साहित गर्न नेपाल सरकारले पनि मुलुकभर विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ।
 
‘फेसबुक र इन्टरनेटको प्रयोग गर्ने नाममा आफ्ना सन्तान कुलतमा त फसेका छैनन्’ भन्ने पाटोलाई अभिभावकले अत्यन्त गम्भीरताका अनुगमन गर्न जरुरी रहेको र इन्टरनेट हेर्न अभिभावकले बालबालिकालाई सबैको सजिलोसँग पहुँच हुने बैठक कोठालगायतका स्थानको व्यवस्था गर्नुपर्ने आवश्यकता छ। सूचना प्रविधिसँगको सजिलो पहुँच, यसको व्यापक बजारीकरण, विश्वव्यापी सञ्जालले समेत जन्माएका यस्ता विकृतिलाई रोक्न विभिन्न मुलुकमा आ–आफनै धर्म, संस्कृति र रहनसहनको पक्षलाई समेत ध्यानमा राखेर साइवर अपराध नियन्त्रणका लागि कानून कार्यान्वयनमा ल्याइएका छन्।
 
पछिल्लो समय युवा पुस्तामा मात्र नभई बालबालिकाबाट समेत त्यस्ता वेवसाइटभित्र गएर अश्लील तस्विर र भिडियो हेर्ने गरेका घटनामा वृद्धि भएको जनगुनासा अभिभावकबाट अनौपचारिक तर बाक्लोरुपमा सुनिन थालेको विज्ञहरु बताउदछन्। छोराछोरीलाई अभिभावकले जथाभावीरुपमा च्याट गराउने र सहजरुपमा इन्टरनेटको पहुँचको लागि पासवर्डको सुविधाबाट टाढै राख्ने तथा विद्यालयले समेत आफ्ना विद्यार्थीको गतिविधिप्रति चनाखो हुन एकदमै जरुरी रहेको आवश्यकता महसूस गर्न थालीएको छ।
 
दूरदराजको तुलनामा इन्टरनेट र फेसबुकलगायत सामाजिक सञ्जालको सुविधाका कारण सहरमा यो विकृति मौलाउँदै गएकाले नेपाल सरकार त्यस्ता विकृतिलाई रोक्न विद्यालय र विश्वविद्यालयमा समेत जनचेतनालाई अब तीब्र बनाउने सोच राखेको छ। पछिल्लो समय साइवर अपराधका घटनामा वृद्धि हुनुका साथै उजुरी दिने सङ्ख्यामा समेत वृद्धि भएको टेकु स्थित साइवर सेलले बताउदै आएको छ। 
 
इन्टरनेट सेवा प्रदायक संस्थालाई समेत त्यस्ता विकृतिजन्य तस्विर र गतिविधि रोक्ने व्यवस्थाका लागि अनुरोध गर्नुपर्ने आवश्यकता ओल्याइएको छ। इन्टरनेट, फेसबुक हेर्नु राम्रो हो, तर बच्चाले दुरुपयोग गरिरहेको छ वा छैन अथवा के हेरिरहेको छ भन्नेमा अभिभावक सधैँ चनाखो हुनै पर्दछ सरोकारवालाको जोड रहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ