arrow

गुल्मीको अर्जैमा जिउँदो बाख्रा जोखेर बिक्रि

logo
रमेश वि.क.,
प्रकाशित २०७५ असोज २४ बुधबार
gulmi-goats.jpg

गुल्मी ।  मालिका गाउँपालिका वडा नं ६ अर्जैमा मिलिजुली कृषि तथा पशु बिकास महिला सहकारी संस्थाले जिउँदो बाख्रा जोखेरै बिक्रि गरेको छ ।

मिलीजुली कृषि तथा पशुविकास महिला  सहकारी संस्थाकी अध्यक्ष रिता भण्डारीका अनुसार महिलाहरु बाख्रा बिकास परियोजनाले आत्मनिर्भर पनि बनेको छन, साथै व्याक्तित्व बिकास पनि भएकाले सबै महिलाहरु संगठित भई, यस सहकारीलाई पहिले मालिका गाउँपालिकाकै नमुना बनाउछौ पछि गुल्मी जिल्लाकै अग्रणी सहकारीको रुपमा चिनाउने गरि लागिरहेको उनले बताईन ।
 
सहकारीले यसरी जिउँदो बाख्रा जोखेरै बेच्दा बिचमा हुने बिचौलीयाहरु पनि नहुने र किसानहरुले बास्तबिक मुल्य पाउने भएकाले अर्जैका किसानहरु उत्साहित भएको अध्यक्ष भण्डारीले बताईन । सहकारीले ६१२ किलो जिउँदो बोका बिक्रीबाट  २ लाख १४ हजार ६०३ रुपैया बराबरको कारोवार भएको बाख्रा बिकास परियोजनाका फिल्ड संयोजक दिनेश बेल्बासेले बताए ।

हेफर ईन्टर नेशनलको आर्थिक सहयोगमा सृजनशिल सामुदायिक बिकास केन्दद्धारा सञ्चालित  बिभिन्न समुहहरुलाई एकिकृत गरि सहकारीको रुपमा परिणत गरिएको बाख्रा बिकास परियोजनाका अधिकृत सरद कुमार श्रेष्ठले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ