arrow

शहीद स्मारक ए डिभिजन : फ्रेण्ड्स र थ्री स्टार भिड्ने

logo
प्रकाशित २०७५ असोज २५ बिहिबार
nike-football.ashx.jpg.jpeg

काठमाडौँ ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहिबार दुई खेल हुँदै छ ।

आज पहिलो खेल फ्रेण्ड्स क्लब र थ्री स्टार क्लबबीच तथा दोस्रो खेल जावालाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । दुवै खेल अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मैदान सातदोबाटोमा हुनेछ ।

यही असोज १३ गतेदेखि शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको लिग असोज २४ गतेदेखि पुनः सञ्चालन भएको हो ।

लिगका खेल तेह्र चरणसम्म खेलाइने छन् । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले् ५० लाख, उपविजेताले  ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौँले सात लाख र छैटौँले पाँच लाख पुरस्कार पाउनेछ ।

फेयर प्ले टिमले एक लाख तथा प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार पुरस्कार प्रदान गर्नेछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ