arrow

पुवा न्यु गिनीमा गयो ७.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

logo
प्रकाशित २०७५ असोज २५ बिहिबार
earthquake-FNL-new.jpg.png

सिड्नी ।  पपुवा न्यु गिनीमा बिहीबार बिहान सबेरै ७.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ ।  सो भूकम्पपछि बिहीबार बिहान ९ बजे ६.२ म्याग्नीच्युडको अर्को शक्तिशाली परकम्प पनि गएको बताइएको छ । पहिलो शक्तिशाली भूकम्प र पछिल्लो परकम्पपछि उद्धार कार्य थालिएको समाचारमा उल्लेख गरिएको छ ।

तर मानवीय क्षतिको बारेमा भने कुनै समाचार प्राप्त भएको छैन । यस भूकम्पको जानकारी चिनियाँ भूकम्प केन्द्रले दिएको छ ।  पपुवा न्यु गिनीको पूर्वतर्फ रहको न्यु ब्रिटेन द्वीपनजिकै ८० किलोमिटर गहिराइमा सो भूकम्पको केन्द्रबिन्दु रहेको जनाइएको छ ।
 
प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले सुनामीको चेतावनी दिएको भएपनि केही समयपछि सुनामीको खतरा नरहेको बताइएको छ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ