arrow

'उम्मेदवारले नजित्ने' राजस्थानको चुनाव : 'राट'को हातमा नतिजा 

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७५ असोज २५ बिहिबार
rajasthan_election.jpg

राजस्थान । अहिले भारतको उत्तर हिन्दी बैल्टको तीन राज्य मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा चुनावको माहोल चुलिएको छ । यसै वर्षका अन्तिममा हुन गईरहेको यी प्रदेशहरुमा अहिले बीजेपीको सरकार रहेको छ । यहाँ बीजेपी सरकारको निर्माण पछि लोकसभा चुनावमा बीजेपीलाई विराट सफलता मिल्यो । राजस्थानको कूल २५ सिटमा पूरै सिटमा विजय हाँसिल गरेको विजेपीका लागि यही नतिजा दोहोर्याउने चुनौती थपिएको छ भने यो नतिजा उल्ट्याउनै पर्ने दबाबमा काँग्रेस रहेको छ । लिहाजा, राजस्थानको चुनावमा बीजेपीको लागि सर्वाधिक महत्वपूर्ण मानिएको छ । 

राजस्थानको चुनाव जहिले पनि जातको राजनीतिमा केन्द्रित हुने गरेको छ । पछिल्ला केही चुनावहरुलाई हेर्ने हो भने यहाँ विशेषगरी जाट, ब्राह्मण, राजपूत जस्ता बहुसंख्यक जातीहरुबीच हुने गरेको राजनीति अहिले पनि भिन्न सकेको देखिँदैन । यो खराव प्रबृत्तिलाई बन्द गर्न भन्दा पनि मूल दलहरु यही विषयलाई आगोमा घिऊ थप्नमै व्यस्त देखिन्छन् । त्यसैले यो सालपनि यहाँ कुनै पार्टी, विचार र उम्मेदवारले भन्दा पनि कुनै जातिले जित्ने गरेका छन् । 

यो राज्यमा टिकट वितरणको क्रममा पनि जातको आधारमा नै टिकट वितरण गर्ने गरेका छन् भने त्यो जातको समुदायमा अर्काे जातको उम्मेदवार उठाउने मूख्याईं कुनै पनि दलअरुले गरेको देखिँदैन । यहाँ पनि जातगत आधारमा आरक्षणको व्यवस्था गरिएको छ । तर, आरक्षण बाहेकका अरु सबै सिटमा सोही जातका उम्मेदवारले मात्रै टिकट पाउने गरेका छन् । 

सो प्रदेशमा जाट, ब्राह्मण, राजपूत, मीणा, गुर्जर प्रमुख जातहरु रहेको छन् । यहाँको रमाईलो कुरा त यो छ कि सबैदलहरुलाई मिलाएर जानको लागि कुनैपनि दलहरु क्रियाशील हुने गरेका छैनन् । बरु उल्टो जाती जातीबीच युद्ध गराएर धमिलो पानीमा माछा मार्न काँग्रेस लगायतका दलहरु सक्रिय रहेका छन् ।

कांग्रेस जातीय हतियार उठाउने तयारीमा 
पछिल्लो समय भारतीय जनता पार्टीले सरकार बनाएको छत्तिसगढमा आफ्नो पक्षमा नतिजा ल्याउनको लागि काँग्रेसले जातिय हतियारको प्रयोग गर्ने रणनीति बनाएको छ । यो रणनीति लिखित नभएको भएपनि उसको व्यवहारले यो स्पष्ट भएको छ । मुख्यमन्त्री वसुंधरा राजेको क्षेत्र समेत रहेको धौलपुरमा पछिल्लो समय भाजपाको केही कमजोर मानिएको ठाउँबाट प्रवेश गरेर काँग्रेसले आफ्नो रणनीति अघि बढाउने तयारी गरिरहेको छ । 

मंगलवार धौलपुरदेखि भरतपुर हुँदै दौसा जिल्लाको महुआसम्म राहुल गान्धीको रोड शो तथा सानातिना सभा गराउँदै काँग्रेसले त्यहाँको दलितको मत खोस्ने रणनीति अघि बढाएको छ । त्यो प्रदेशको सबैभन्दा दलित तथा जाट मतदाता निर्णायक हुन्छन् र अहिले पनि यही स्थिती छ । 

पछिल्लो विधानसभा चुनावमा यही दुई जाति को समर्थनको कारण भाजपाको लागि जीत हाीसल गर्न धेरै सहज भएको थियो । धौलपुर तथा भरतपुर जिल्लामा दलितहरु तथा जाटव समाजको बाहुल्यता रहेको छ । यससँगै कुशवाहको संख्या पनि अधिक रहेको छ । 

पछिल्लो चुनावमा भाजपाको पक्षमा थिए दलित 

राज्यमा करीब १९.५ प्रतिशत दलित मतदाता रहेका छन् । कुल २०० विधानसभाको सीटमा अनुसूचित जातिको लागि ३३ सीट तथा अनुसूचित जनजातिको लागि २५ सीट आरक्षित रहेको छ । सधैं भरी काँग्रेसको परम्परागत भोटको रुपमा रहेको सो जातिले पछिल्लो चुनावमा भाजपालाई सहयोग गरेको थियो । दलितले समर्थन गरेकै कारण भाजपालाई ३३ मा ३२ एसीसीको लागि आरक्षित सिटमा सफलता मिलेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ