arrow

मोफसलकै पुरानो गुल्मीको किरण पुस्तकालयको ५१औं पुस्तकालय सभा

logo
रमेश विश्वकर्मा,
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
kiran-library-gulmi.jpg

गुल्मी। किरण पुस्तकालय तम्घास गुल्मीको स्वर्ण महोत्सवसँगै ५१औं पुस्तकालय सभा गरिएको छ। ‘ समृद्ध पुस्तकालयः सुदृढ समाज ’ भन्ने मुल नाराका साथ शुरु भएको पुस्तकालय सभालाई सम्वोधन गर्दै प्रजिअ यदुनाथ पौडेलले मौलिक स्वरुपलाई कायम राख्दै नयाँ पुस्तालाई पुस्तकालयमा कसरी आकर्षित गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने बताए।

पौडेलले किरण पुस्तकालय जिल्लाकै बौद्धिक सम्पत्तीको मियो भएको भन्दै सबै पक्षलाई समावेश गदै समयसापेक्ष बनाउनुपर्ने बताए।

रेसुङ्गा नगरपालिकाका उप–प्रमुख सीता भण्डारीले देश अहिले संघियतामा गएकाले पुस्तकालयको संक्षणको जिम्मा अब स्थानीय तहको काँधमा आएको बताइन। उनले पछिल्लो समय पुस्तकालयप्रति लगाव कमि भएकोले प्रविधिमैत्रि पुस्तकालय निर्माणमा नगरपालिकाबाट हुन सक्ने सहयोग सदैव रहने बताइन।

नेपाली कांग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीका हरिप्रसाद पोखरेल, रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासी, पुस्तकालयका सभासद राधा पन्थी लगायतले मन्तव्य राख्दै  किरण पुस्तकालय बौद्धिक खुराक पस्किने ठाउँ भएकाले समाज विकासको मापकको सुचकका रुपमा यसलाई लिन सकिनेमा जोड दिए।

सो अवसरमा पुस्तकालयका सचिव दीन पन्थीले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै उनले कार्तिक १८ गते पुस्तकालयको अत्याधुनिक सुविधा सम्पन्न नयाँ पुस्तकालय भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको समेत उल्लेख गरे। कार्तिक १८,१९ र २० गते पुस्तकालयका समग्र प्रकाशन प्रर्दशन समेत गरिने जनाईएको छ।

पुस्तकालयले मनाईरहेको स्वण जयन्तीको समापन भने कार्तिक २७ गते गरिने छ। कार्यक्रममा पुस्तकालयका कोषाध्यक्ष चन बहादुर कुवँरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ