arrow

निर्वाचन प्रभावित गर्न खोजेको भन्दै ट्वीटरका १० हजार खाता बन्द 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
twitter.png

काठमाडाैं । अमेरिकाको मध्यावधि निर्वाचन प्रभावित गर्न खोजेको भन्दै  ट्वीटरले १० हजार खाताहरु बन्द गरेको छ । 
यसअघि अमेरिकाको राष्ट्रपति निर्वाचनमा पनि ट्वीटरको प्रयोग गरी निर्वाचन प्रभावित पारिएको भन्दै आलोचनाको सामना गरिरहेको ट्वीटरले यस्तो निर्णय गरेको हो ।

ट्वीटरले सेप्टेम्बरको अन्तिम तथा अक्टोबरको सुरुवातमा उक्त खाताहरु हटाइएको कम्पनीका प्रवक्ताले जानकारी दिएका छन् । 

उक्त खाताहरुबाट डेमेक्रेट्सहरुलाई निरुत्साहित गर्ने पोस्ट तथा सन्देशहरु प्रवाह हुने गरेको भन्दै ट्वीटरले यस्तो निर्णय गरेको हो । 

२०१६ को राष्ट्रपतीय निर्वाचनमा पनि ट्वीटरले गलत सूचना प्रवाह गर्न खाजेको भन्दै लाखौं खाताहरु बन्द गरेको थियो । डेमोक्रेट्सका निकट एक व्यक्तिको सहयोगमा उक्त खाताहरु बन्द गराइएको हो । मध्यावधि निर्वाचनमा दुई पार्टीको बीचमा निकै कडा प्रतिस्पर्धा हुनसक्ने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ