arrow

भारतमा घट्दैछ आईफोनको क्रेज 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
iphone1.png

काठमाडौं । भारतमा पछिल्लो समय आईफोनको क्रेज घटेको एक विवरणले देखाएको छ । २०१८ को चौथो त्रैमासकमा भारतमा आईफोनको व्यापार एक चौथाइ कमी आउनसक्ने अनुसन्धान देखिएको हो । अनुसन्धानको क्षेत्रमा काम गरिरहेको कम्पनी काउन्टरप्वइन्टले आईफोनमा गिरावट आउनसक्ने बताएको हो । 

एप्पलका सीईओ टिम कुकले तेस्रो त्रैमासिक अवधिमा नतिजा सार्वजनिक गर्दै भारतको लागि अन्तिम तीन महिनाको व्यापारमा उल्लेख्य सुधार आउनसक्ने बताएका थिए । अनुसन्धानकर्ता कम्पनीका अधिकारीहरुले वर्षको तीन महिनामा ७ देखि ८ लाख एकाइसम्म मात्र बिक्री हुने आँकलन गरेको छ । 

सन् २०१८ को समग्र अवधिका लागि आईफोनको समग्र स्मार्टफोनको व्यापारमा २० लाख रहनसक्ने बताइएको छ । यो नतिजा अघिल्लो वर्षको तुलनामा १० लाख एकाइले कम हो । आईफोनको मूल्यको कारण भारतमा यसको क्रेज घट्दै गएको विश्लेषकहरुले बताएका छन् । 

चार वर्षमा पहिलोपटक भारतमा आईफोनको व्यापारमा गिरावटआउनसक्ने देखिएको हो । पछिल्लो समय भारतमा एन्ड्रोइडको व्यापारमा भने उल्लेख्य वृद्धि भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ