arrow

देउवालाई सुजाताको प्रश्न - सभापतिज्यू, हामीसँग सल्लाह लिन किन डराउनुभएको ?

logo
प्रकाशित २०७५ कार्तिक २१ बुधबार
koirala-sujata.jpeg

काठमाडौं। नेपाली कांग्रेसकी प्रभावशाली नेतृ एवम् सांसद सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई आफूहरुसँग सल्लाह र सुझाव लिन किन डराएको भन्दै प्रश्न गरेकी छिन् ।

रिपोर्टर्स क्लबको देउसी–भैलो कार्यक्रममा नेतृ कोइरालाले यस्तो बताएकी हुन् । उनले भनिन्,‘सभापतिज्यू, हामीसँग सल्लाह लिन किन डराउनुभएको हो ?’ उनले भनिन्,‘सभापतिज्यूले उपसभापति मनोनित गर्नुभयो । तर, हामीसँग सल्लाह लिनुभएन् । सल्लाह लिएको भए राम्रो हुनेथियो ।’

पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउनको लागि पनि सहमति, सहकार्य र एकताको आवश्यकत्ता रहेको बताउँदै सभापतिले त्यस्तो भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई थियो । उनले भने,‘सभापतिज्यू, कुनै एक गुटकोजस्तो सभापति बन्नुभएन । अब सिँगो पार्टीको सभापति बन्नुपर्यो ।’

पूर्व उपप्रधानमन्त्री समेत रहेकी नेतृ कोइरालाले सभापति देउवाले पार्टीभित्रको गुटलाई अन्त्य गर्न नसकेको आरोप लगाईन् । उनले भनिन्,‘पार्टीलाई विधि र प्रक्रियाअनुसार अघि बढाउनुपर्छ । अनुशासनमा चलाउनुपर्यो ।’ सभापति देउवाको यो कार्यकाल अन्तिम पटक हुनसक्ने संकेत गर्दै उनले यस्तो बेलामा पनि सबैलाई एकजुट बनाएर लैजान नसक्नु दुःखद् भएको गुनासो पोखिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ