arrow

मोदीले चीनको सीमानामा पुगेर सैनिक जवानलाई किन खुवाए लड्डु ?

logo
प्रकाशित २०७५ कार्तिक २१ बुधबार
modi-laddo.jpg

काठमाडौं । भारतीय प्रभानमन्त्री नरेन्द्र  मोदी भारत चीनको सीमानामा रहेको हर्षिल आर्मी क्याम्पमा सेना र आइटीबीपीका जवानलाई लड्डु खुवाएका छन् ।  सेना र आइटीबीपीका जवानको हौसला बढाउन प्रधानमन्त्री मोदी उक्त स्थान पुगेका छन् । सो अवसरमा उनले जवानलाई मिठाई खुवाएर दिपावलीको बधाई दिए। त्यसपछि उनि केदारनाथ धाम पुगे र बाबाको दर्शन गरि निर्माण कार्यको निरीक्षण गरे ।

प्रधानमन्त्री  मोदी बुधवार एक दिनका लागि उत्तराखण्ड  भ्रमण  गर्न  जौलीग्रान्ट एयरपोर्टमा सुरक्षा व्यवस्था गरिएको थियो ।  मोदीको सुरक्षा व्यवस्था हवाइदेखि जमिनसम्म थियो । साथै खुफिया एजेन्सियोलाई पनि अलर्टमा राखिएको थियो ।

मोदी दिल्लीबाट सेनाको विशेष विमानबाट विहान ६: ४७ बजे जौलीग्रान्ट एयरपोर्ट पुगेका थिए । जौलीग्रान्ट एयरपोर्टबाट मोदी ७:१० तिर सेनाको ४ एम आई -१७ हेलिकप्टरको सुरक्षा सहित उत्तरकाशी जिल्लामा भारत चीन सीमाना हर्षिलका लागि प्रस्थान गरे।  

हर्षिलमा सेनाका जवानलाई मोदीले दिपावलीको बधाई दिए र मिठाई खुवाए । सो क्रममा मोदी आइटीबीपीका अधिकारी र जवानसँग भेट गरे र दिपावलीको बधाई दिए ।  

साथै उनले चीन सीमानासँग जोडिएको महत्वपूर्ण पहलुओ माथि सैन्य अधिकारिसँग जानकारी लिए । उनले सेना र आइटीबीपीलाई सम्बोधन गर्दै भने 'रक्षाको क्षेत्रमा भारत उन्नतिको पथमा छ ।' उनले सो समय स्थानीयबासीसँग पनि भेट गरे ।  उनले स्थानीयलाई भेट्दै भने 'आफ्नो समस्या लिएर मसँग भेट्न दिल्ली आउन सक्नुहुन्छ ।'

मोदी हरेक बर्ष दिपावलीको दिन सीमाना क्षेत्रका दुर्गम क्षेत्रमा रहेका सेनाका जवानसँग भेट्न जाने गरेका छन् । यसै क्रममा उनि उत्तराखण्डको सीमानामा पुगेका हुन् ।

   

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ