arrow

शिक्षकलाई कुटपिट गरेका वडा अध्यक्ष आफै हराए पछि....

सार्वजनिक अपराध अन्तरगत मुद्दा दर्ता

logo
प्रकाशित २०७५ कार्तिक २६ सोमबार
Siddi_man_MC.jpg

प्यूठान। झिमरुक गाँउपालिका–८ टिमुरचौर प्यूठानका वडा अध्यक्ष तुलस बस्नेत वेपत्ता भएका छन । स्थानिय जनता मावि टिमुरचौरका शिक्षक शिद्वीमान एमसीलाई कुटपिट गरि गम्भिर घाईते वनाएका वडा अध्यक्ष बस्नेत जिल्ला प्रहरी कार्यालय प्यूठानले सार्वजनिक अपराध अन्तरगत मुद्दा दर्ता गरेपछि वडा अध्यक्ष बेपत्ता भएका हुन । शिक्षक माथि कुटपिट गरेपछि जिल्ला प्रहरी कार्यालय प्यूठानमा आईतवार सार्वजनिक मुद्धा दर्ता भएको हो । 

विद्यालय व्यवस्थापन समितिको बैठकमा पदेन सदस्यका हैसियतमा उपस्थित वडाध्यक्ष तुलसको आक्रमणबाट शिक्षक एमसीको टाउकोमा ५ वटा टाका लगाईएको छ । हाल उनी उपचारकै क्रममा रहेका छन् । जिल्ला प्रहरी कार्यालय प्यूठानमा मुद्दा दर्ता भएपछि वडा अध्यक्ष बस्नेत बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख निर्मल बुढाथोकीले बताए । वडा अध्यक्षलाई पक्राउ गरि अनुसन्धानका लागि लिन टिमुरचौरमा प्रहरी परिचालन गरिएपनि वडा अध्यक्ष फरार रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । हामी प्रहरी परिचालन गरेका छौं, उनले भने ।

शिक्षक महासंघ र संघको आपत्ति  
यसैविच शिक्षक शिद्वीमान एमसी माथि भएको आक्रमणका बिषयमा शिक्षक महासंघ प्यूठान र शिक्षक संघ प्यूठानले गम्भिर आपत्ति जनाएका छन । शिक्षण पेशा जस्तो मर्यादित पेशामा संलग्न एमसी माथि बिद्यालय परिषरमै आक्रमण हुनु गम्भिर बिषय भएको शिक्षक महासंघ प्यूठानका सचिव जानका केसीले बताउनु भयो । जिल्लाका शिक्षक अगुवाहरुले दोषिलाई पक्राउ र कारवाहीको माग गरेका छन ।  

बिद्यालय क्षेत्रमा तनाव  
उत्ता तत्कालिन नेकपा माओवादी केन्द्रका नेता समेत रहेका वडा अध्यक्ष तुलस बस्नेतले आफु फरार भएपनि बिद्यालयमा तनाव श्रृजना गरेका छन । बिद्यालयमा रहेका आफ्ना पार्टि निकट शिक्षकहरुको समेत परिचालनमा फरार वडा अध्यक्ष बस्नेतले बिद्यार्थिलाई शिक्षक एमसीले जिल्ला प्रहरी कार्यालयमा मुद्धा गरेको बिरोधमा नाराबाजिमा उतारेका छन । बस्नेतले बिद्यालयमा अध्ययनरत आफ्न्ती सहित स्थानियलाई प्रयोग गरि शिक्षक एमसीका बिरुद्धमा नारावाजी गर्न लगाएका छन । आईतबार र आज पनि बिद्यालय क्षेत्रमा तनावग्रस्त स्थिती रहेको स्थानियले बताएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ