arrow

हारुहिको कमाल, जापानको जीडीपी भन्दा केन्द्रीय बैंकको सम्पत्ति बढी

logo
एजेन्सी,
प्रकाशित २०७५ कार्तिक २७ मंगलबार
boj-japan-haruhiko-governer.jpg

काठमाडौं। जापानको केन्द्रीय बैंकको समग्र सम्पत्ति मुलुकको समग्र अर्थतन्त्रभन्दा पनि बढी भएको छ। मंगलबारको बजारमा बैंक अफ जापानको समग्र सम्पत्ति ४८ खर्ब ७० अर्ब डलरमा पुगेको हो। यो सम्पत्ति अमेरिकी प्रविधि कम्पनी एप्पलभन्दा झण्डै ५ गुणाले हो भने जापानी कार निर्माता टोयटाभन्दा २५ गुणा हो।

विश्वका उदीयमान अर्थतन्त्रहरु टर्की, अर्जेन्टिना, दक्षिण अफ्रिका, भारत र इन्डोनेसियाको समग्र जीडीपीभन्दा पनि जापानको केन्द्रीय बैंकको मूल्य बढी रहन पुगेको हो। 

जापानको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) यस वर्षको दोस्रो त्रैमासिक अवधिमा करिब ४८ खर्ब ५१ अर्ब डलर रहेको छ। तेस्रो त्रैमासमा जापानमा आएको प्राकृतिक समस्याको कारण यसमा थप कमी आउनसक्ने अनुमान गरिएको छ। 
लामो समयदेखि मुद्रास्फीतिको समस्या भोगिरहेको जापानलाई लक्ष्य अनुसारको नतिजा हासिल गर्न बैंक अफ जापानले बोण्ड तथा सेयरमा आफ्नो लगानी बढाएको हो।

विश्लेषकहरुले भने केन्द्रीय बैंकको नीति सन्तुलित नरहेको बताएका छन्। उनीहरुले जापानको व्याजदर नबढेमा ठुलो नोक्सानीको सामना गर्नुपर्ने बताएका छन्।

सन् २०१३ मा केन्द्रीय बैंकको गभर्नरमा हारुहिको कुरोडा आएसँगै केन्द्रीय बैंकको सम्पत्ति बढ्दै गएको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ