arrow

महारानी एलिजावेथ देवता जस्तै शक्तिशाली, कानून तोड्नेदेखि कुनै अनुमति नचाहिनेसम्मका छुट

logo
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
elizabeth-ii.jpg

काठमाडौं । बेलायती महारानी इलिजावेथ द्वितीय विश्वको सबैभन्दा लामो समयसम्म सिंहासनमा विराजमान हुने शासक मानिन्छिन् । उनी सन् १९५२ देखि बेलायत, क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डको रानीको रुपमा रहेकी छिन् । उक्त मुलुकहरुका केही कानुनहरु इलिजावेथले मान्नुपर्दैन । जसमध्ये उनका केही कानुको छुट यस किसिमको छ–

१. जुनसुकै कानुन उलंघन गर्ने छुट
बेलायती महारानी इलिजावेथ द्वितीयलाई उक्त मुलुकहरुको कानुनको उलंघन गर्ने अधिकार दिइएको छ । उनले कुनै आपतकालीन अवस्थामा लुटपाट गरेको खण्डमा त्यसलाई जायज मानिन्छ । उनले कुनै निजी व्यक्तिको सम्पत्ति कब्जा गर्न सक्छिन् भने उनीसँग आफ्नै पैसा छाप्ने मेसिन रहेको छ, जसबाट उनले चाहेको पैसा छाप्न पनि सक्छिन् । साथै उनलाई आफ्नो उमेर ढाँट्नेलगायतका कानुनी छुटहरु दिइएको छ तर अहिलेसम्म उनले यस्तो कुनै पनि काम गरेकी छैनन् ।

२.  महारानीविरुद्ध लाग्दैन मुद्दा
बेलायती महारानीविरुद्धमा कहिले पनि मुद्दा चलाइने छैन । उनलाई कानुनभन्दा माथि मानिने गरिएको छ । उनलाई कहिले पनि जेल पठाइने छैन भने अदालतमा कुनै सबुत पनि दिनुपर्ने आवश्यकता हुँदैन । उनलाई यो छुट बेलायतमा मात्र नभई विश्वभर रहेको छ ।

३. कानुन फेरबदल गर्ने अधिकार
बेलायतमा कुनै पनि कानुन संसदबाट पारित भएपछि महारानीले अनुमोदन गर्नुपर्ने व्यवस्था रहेको छ । यदि उनलाई उक्त कानुन मन नपरेको खण्डमा त्यसलाई अनुमोदन नगर्ने अधिकार पनि उनीमा रहेको छ ।

४. युद्धको घोषणा गर्ने र सरकार बर्खास्त गर्ने अधिकार
महारानीले चाहेको खण्डमा कुनै पनि मुलुकसँग युद्धको घोषणा गर्न सक्छिन् । यस्तोमा उनको शासन रहेका मुलुकहरुले पनि बेलायतको साथ दिनुपर्ने हुन्छ । महारानीले चाहेको खण्डमा अष्ट्रेलिया र क्यानडाको सरकार बर्खास्त गर्ने अधिकार पनि उनलाई रहेको छ । सन् १९७५ मा उनले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई बर्खास्त गरेकी थिइन् ।

५. कर तिर्न नपर्ने छुट
बेलायतमा हरेक कमाउने मानिसहरुले सरकारी कर तिर्नुपर्ने हुन्छ तर यो नियम महारानीमाथि भने लागू हुँदैन । यद्यपि सन् १९९२ देखि महारानीले स्वेच्छाले सरकारलाई कर बुझाउँदै आएकी छिन् ।

६. शाही परिवारको सबै कुरा लुकाउने अधिकार
बेलायती समाज एक लोकतान्त्रिक समाज हो । यहाँ सार्वजनिक महत्वका विषयहरुमा जानकारी माग्ने अधिकार रहेको छ तर महारानी तथा शाही परिवारमा यो नियम लागू हुँदैन । चाहेको खण्डमा शाही परिवारले आफ्नो विवरण गोप्य राख्न सक्छन् ।

७. कुनै पनि मुलुक घुम्न पासपोर्ट नचाहिने
महारानीलाई कुनै पनि मुलुक भ्रमणका लागि महारानीको पासपोर्ट रोयल मेजेस्टीले बनाउने गर्छ । यस्तोमा कुनै विदेश भ्रमणमा जाने क्रममा उनले पासपोर्ट नबोकी गए पनि उनलाई विना कुनै रोक विदेश घुम्ने अधिकार रहेको छ ।

८. ड्रइभिङ लाइसेन्स आवश्यक नहुने
महारानीलाई कार चलाउनका लागि कुनै पनि सवारी चालक अनुमतिपत्र लिइरहनुपर्ने जरुरी हुँदैन । पासपोर्ट जस्तै उनको लाइसेन्स पनि रोयल मेजेस्टीले बनाउने गर्छ । उनले दोस्रो विश्वयुद्धको क्रममा एक एम्बुलेन्स चलाएकी थिइन् । सन् १९९८ मा साउदी राजकुमारले बेलायतको यात्रा गर्दा उनले कार चलाएकी थिइन् । साउदीले महिलालाई कार चलाउन नदिने निर्णयको बदलास्वरुप सो कार चलाइएको मानिसहरुले बताएका थिए । साथै उनलाई कार चलाउँदा गतिको कुनै मतलब हुँदैन ।

९. हाँस खाने र डल्फिन पाल्ने छुट
बेलायतमा हाँसको शिकारमा प्रतिबन्ध लगाइएको छ । यस्तोमा कसैले हाँसको मासु खाएमा कडा कारबाहीको भागीदार हुनुपर्ने अवस्था रहेको छ । यस्तोमा महारानीलाई भने हाँसको मासु खाने छुट दिइएको छ । साथै डल्फिन पाल्न नपाउने नियम बेलायतमा रहेको छ । प्रसिद्ध नदी थेम्समा महारानीको पालतु डल्फिन र ह्वेल माछा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ