- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लोकतन्त्रको सस्थागत बिकास र आर्थिक समृद्धिका लागि युवाहरुको महत्वपुर्ण भुमिका रहेको बताए ।उनले अहिले सरकारले सुशानसमा लैजान नसकेको बताए ।
नेपाल जेसीजले भैरहवामा आयोजना गरेको ३ दिने प्रशिक्षण कार्यक्रमको आज भैरहवामा उदघाटन गर्दै उनले जनताका प्रतिनिधिले संबिधान बनाईसकेपछी भएको निर्वाचनबाट आएको दुई तिहाईको सरकारले लोकतन्त्रको सस्थागत बिकास भन्दा पार्टी हितमा चलिरहेकाले युवाहरु बढी सचेत हुनुपर्ने बताए ।
युवाहरुकै सहभागितामा बिभिन्न आन्दोलन सफल भई मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रबेश गरेको उल्लेख गर्दै प्राप्त अधिकारलाई गुम्न नदिने दायित्व पनि युवाहरुको रहेको बताए । उनले भर्ने शासन पार्टी र आफन्तको लागि बने जस्तो छ । त्यस कारण हामीले बिषेश निगरानी राख्नुपर्छ,।
उनले शासन व्यक्तिको होइन बिधिको हुनुपर्छ भन्ने जेसिजको मुल नारा जीवन पर्यन्त सहि हुदै आएको बताउदै दुई तिहाईको अहिलेको कम्युनिष्ट सरकारलाई शासन पार्टी र व्यक्तिको हुनुपर्छ भन्ने जसरी काम गरेको बताए ।
उनले युवाहरुलाई लोकतन्त्रलाई पहिलो मन्त्र सम्झेर बिकास र समृद्धिका लागि काम गर्न पनि आग्रह गर्नु समेत गरे । खाणँले नेपाली कांग्रेस अव ससंद र अन्य ठाउँमा सरकारले गरेका गलत गतिवधीलाई सशक्त रुपमा बिरोध गर्ने बताए ।