arrow

रामपुरमा समुदाय–प्रहरी साझेदारी समिति गठन

logo
सीता डोटेल,
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
rampur_palpa.png

पाल्पा । रामपुर नगरपालिकामा समुदाय–प्रहरी साझेदारी पालिका समिति गठन भएको छ । समुदायका सरोकारावालाहरुको सहकार्यमा शान्ति सुरक्षा, समृद्धि र स्थायित्वका लागि नेपाल प्रहरीले देशभर सञ्चालन गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रामपुर नगरपालिका स्तरिय समिति गठन भएको हो ।

‘‘हर प्रहर गाउँ र नगरी, टोल–टोलमा नेपाल प्रहरी’’ भन्ने नाराका साथ नेपाल प्रहरीले समुदायसँगको सहकार्यमा कार्यक्रम गर्न शुरु गरेको हो । नगर स्तरिय समितिको संयोजकमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा रहनुभएको छ । समितिको सहसंयोजकमा नगर उपप्रमुख बिष्णुदेवी आचार्य घिमिरे र इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डे, सदस्यहरुमा वडा नम्बर ७ का वडाध्यक्ष तिर्थ प्रसाद पंगेनी, नगरपालिकाका कृृषि संयोजक रामहरि पाण्डे, अभिभावक देबराज ढकाल, बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डे, शिक्षा स्रोतकेन्द्र संयोजक बालकृष्ण लम्साल, पत्रकार तथा सञ्चारकर्मी सीता डोटेल, भुपु सैनिक संस्थाका क्याप्टेन देब बहादुर मश्राङ्गी, नागरिक समाजका राजेन्द्र प्रसाद लम्साल, नेत्र प्रसाद भट्टराई, बिष्णुमाँया ढकाल, बुद्धिराज गौतम, छबि खनाल, रामजानकी आमा समुह अध्यक्ष तुलसा ढकाल, जुनतारा आमा समुह अध्यक्ष दुर्गादेवी राना, सिर्जनशील युवा क्लब अध्यक्ष ओम प्रकाश रेग्मी, ठुलोवन सामुदायिक वनका सचिब लोकनाथ भट्टराई रहेका छन् ।

समिति गठन पश्चात प्रहरीसँग समन्वय गरि स्थानीय तहमा हुने अपराध रोकथाम, समुदाय सुरक्षा, सचेतना शान्ति सुव्यवस्था, बिद्यालय सचेतना सहित समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्ने गरि अघि बढेको समितिका संयोजक तथा नगर प्रमुख थापाले बताए । प्रहरीले हरेक स्थानीय तह, समुदाय, सामाजिक सघसंस्था, पत्रकार तथा विद्यालयसँग साझेदारी गरि जिल्लाका सबै स्थानीय तहमा समिति गर्ने क्रमलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

 केही स्थानीय तहमा सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया गरि कार्यक्रम पनि शुरु गरिसकेको प्रहरीले जनाएको छ । प्रहरीले ल्याएको समुदाय– प्रहरी साभेदारी अभियान सञ्चालन गर्न जिल्लामा समुदाय–प्रहरी जिल्ला समिति, समुदाय–प्रहरी पालिका समिति, समुदाय–प्रहरी वडा समिति समुदाय–प्रहरी टोल समिति र विद्यालय–प्रहरी सम्पर्क समिति गठन भइरहेका छन् । धेरै जसो स्थानीय तहमा वडा समिति गठन भइसकेका छन् भने मा.वि तहका स्कुलमा समिति गठन प्रक्रिया तिव्रताका साथ चलिरहेको छ । यस समितिको जिल्ला संयोजकमा प्रमुख जिल्ला अधिकारी र स्थानीय तहमा स्थानीय तहका प्रमुख संयोजक, उपप्रमुख र सम्बन्धित क्षेत्रका तोकिएका प्रहरी अधिकृत सहसंयोजक रहने व्यवस्था छ ।

नगर स्तरीय समिति गठन सँगै सबै वडा, टोल, विद्यालयमा प्रहरी साझेदारी समिति गठन प्रक्रियालाई तिव्रता दिइएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ