arrow

नयाँँ विद्यार्थीलाई बारिस्टा, कस्तो तालिम हो यो ? 

logo
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार
18.jpg

मेलबर्न । अन्य देशबाट अस्ट्रेलिया आएपछि काम खोज्ने क्रममा स्थानिय कामको अनुभबबारे सोध्ने, तर सोको अभावका कारण धेरैले शुरुमा काम पाउन धेरै संघर्ष गर्नुपर्ने समस्या झेल्नुपर्छ । 

यही वास्तबिकतालाई ध्यानमा राखेर मेलबर्नको बिएमडब्लु एजुकेशनल कन्सल्ट्यान्सीले नयाँँ आउने विद्यार्थीको लागि निःशुल्क बारिस्टा तालिमको ब्यबस्था गर्ने भएको छ । 

यो तालिमको प्रशिक्षकको भूमिका न्यू कन्सेप्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत कृष्ण सापकोटाले निर्बाह गर्ने भएका छन् । 

कन्सल्ट्यान्सीका अनुसार तालिम दुई भागको हुनेछ । पहिलो सेसन कफी बनाउन र ग्राहकसंग कसरी व्यबहार गर्ने भन्ने बिषयमा केन्द्रित हुनेछ भने दोश्रो सेसन अस्ट्रेलिया आएपछिका अत्याबस्यक जानकारीमूलक कुराहरु जस्तै सार्वजनिक यातायात सिस्टम, बायोडाटा बनाउने र काम खोज्ने तरिका, ब्यक्तिगत सुरक्षा, अस्ट्रेलियन ट्याक्स र आपतकालिन अवस्थाका बारेमा जान्नुपर्ने कुराहरुमा केन्द्रित हुनेछ ।

यो त्यही संस्था हो जस्ले दुई हजार डलर राशीको बिएमडब्लू कप अस्ट्रेलियाको मेलबर्नमा क्रिकेट खेलप्रति खेलाडीहरुलाई प्रोत्साहित गर्ने अभिप्रायले यो बर्षदेखि प्रदान गर्न शुरु गरिसकेको छ ।  

सापकोटा आफू शुरुमा अस्ट्रेलिया आउँदा भोग्न परेका समस्या नयाँँ आउनेहरुले भोग्न नपरोस् भन्ने भावनाले यो निःशुल्क तालिमको ब्यबस्था गर्न आफूलाई प्रेरित गरेको बताउँछन् । 

सहयोगी भावनाले ओतप्रोत भएर अस्ट्रेलिया जस्तो देशमा आएर पनि आफूले जस्तै नबागन्तुकहरुले दुःख भोग्न नपरोस भनी यसरी निःशुल्क तालिमको ब्यबस्था गरेकोमा लुम्बिनी–कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले बधाई ज्ञापन गर्दै यो बर्षका उत्कृष्ट ५ जना सहभागीलाई हिमालयन एक्सपिरियन्स ट्राभलका तर्फबाट प्रदान गरिने बिशेष भेस्ट प्रदान गरिने जानकारी गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ