arrow

फागुन २४ गतेबाट काठमाडौमा विश्व योग उत्सव

logo
प्रकाशित २०७२ फागुन १५ शनिबार
yog.jpg.jpeg
काठमाडौ। आगामि फागुन २४ गतेदेखि तीन दिनसम्म काठमाडौमा विश्व योग उत्वसको आयोजना गरिने भएको छ । योगको जन्मभूमी नेपाल भएपनि त्यो पहिचान ओझेलमा परेकोले त्यसलाई स्थपित गर्न भन्दै महोत्वसको आयोजना गर्न लागिएको शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिईयो ।
 
 महोत्सवमा नेपालका परम्परागत योग अभ्यासमा केन्द्रीत ४५ भन्दा बढी सस्थाका प्रतिनिधि, योगी, यूरोप र अमेरिकामा रहेर योग साधना गर्ने योगी र ध्यानीहरुको सहभागिता रहने विश्व योग उत्वस मुल समारोह समितिका संयोजक योगी प्रकाशले जानकारी दिए । 
 
योग महोत्वसमा नेपाली र अग्रेजी दुबै भाषामा योगको साधान, यसको अन्र्तबस्तुको ब्याख्या र छलफल हुने जानकारी दिदै योगी प्रकाशले योगको विकास नेपालमा भएर विश्वभरी त्यसको प्रकाश फैलिएपनि त्यसलाई अरुले नै जस लिने गरेकोले आफूहरुले त्यस्तो भ्रम चिर्न महोत्वसको आयोजना गर्न लागेको बताए । 
 
योगी आर्यले अहिले योगलाई केवल स्वास्थ्यसँग मात्रै जोडेर विकृत बनाईएको भन्दै महोत्वसको क्रममा शास्त्रीय परम्परागत योगको विषयमा जानकारी दिएको बताए । अमेरिकाबाट आएकी योगी गोपिकाले आफूले लामो समयदेखि अमेरिकामा योग साधान गराईरहेपनि नेपाल योगको जन्मभूमि भएको जानकारी नभएको भन्दै यस्ता महोत्वसले बास्तविकता उजागर गर्ने बताईन । उनले परम्परागत र शास्त्रीय योगलाई बचाउन सके मात्रै योगको विकास हुने दावी समेत गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ