arrow

शिक्षा, स्वास्थ्य र रोजगार न्युनिकरणमा फाउण्डेसन

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ मंसिर ८ शनिबार
foundation.jpg

स्याङ्जा । जिल्लाका १३ जना युवाहरुद्धारा खुमा अर्याल फाउण्डेसनको स्थापना गरेका छन् । खुमा अर्याल फाउण्डेसनको  सरोकार, शिक्षा, स्वास्थ्य र रोजगार भन्ने नाराका साथ स्थापित फाण्डेसनले हामीले नगरे कसले गर्ने, आजैबाट नगरे कहिले गर्ने भन्ने अठोटका चर्चित एवं सफल युवा उद्यमी खुमा अर्यालको नाममा फाउण्डेसन स्थापना गरेका हुन् । फाउण्डेसनको स्याङजा जिल्ला प्रशासन कार्यालयमा विधिवत रुपमा दर्ता गरी सामाजिक कार्यमा लाग्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

फाउण्डेसन स्थापना सम्बन्धी शुक्रबार वालिङमा गरिएको पत्रकार सम्मेलनमा फाउण्डेसनका अध्यक्ष कमलराज ढकालले देशमा व्याप्त अशिक्षा, बरोजगारी तथा गरिवि हटाउने प्रयास संस्थाले गर्ने बताए । संस्थाले शिक्षाबाट बञ्चित बालबालिकाहरुलाई विद्यालयसम्म पुर्‍याउने, बेरोजगारी युवाहरुलाई सिप प्रदान गरी स्वरोजगार बनाउने र स्वास्थ्यको पहुँचमा टाढा भएकालाई आधारभुत स्वास्थ्यको पहुँचमा पुर्‍याउने प्रमुख उद्देश्यका साथ स्थापना गरिएको अध्यक्ष ढकालको भनाई छ ।

अध्यक्ष ढकालले भने, “मुनाफा रहित विसुद्ध सामाजिक संस्थाको रुपमा स्थापना गरिएको संस्थाले आर्थिक अवस्थाबाट कमजोर भई शिक्षा, स्वास्थ्य र रोजगारीबाट टाढा भएकालाई नजिक ल्याउनेछौँ ।” संस्थाको वित्तिय व्यवस्थापनको लागी सदस्यता शुल्क, विभिन्न व्यक्ति, संघसंस्था, दातृ निकाय, व्यापारिक निकायबाट स्वेच्छीक दान, चन्दा उपहार रहने संस्थाले जनाएको छ । सफल युवा उद्यमी अर्यालको  लगनशिल, मेहेनत, समाज रुपान्तरणमा सकरात्मक उर्था थप्ने विचार र अर्यालको कार्यहरुबाट प्रभावित भई अर्यालको विचारलाई आत्मसाथ गर्दै खुमा अर्याल फाउण्डेसन नामाकरण गरिएको जनाईएको छ ।

कार्यक्रममा संस्थाका संरक्षक भेषराज अर्यालले संस्थाले स्याङजा जिल्लालगायत देशका विभिन्न क्षेत्रमा स्वास्थ्य, शिक्षा र रोजगारीसंगै सामाजिक हक हित र विकासको लागी कार्यक्रमहरु सञ्चालन गर्ने बताए । फाउण्डेसनले स्थापनाको अवसर पारर शनिबार मंसिर ८ गने गल्याङमा बृहत स्वास्थ्य शिविर गर्ने जनाएको छ । गल्याङ सामुदायिक अस्पतालको व्यवस्थापनमा युर्निभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवाको प्राविधिक सहयोगमा शिविर गर्ने भएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माले समाज रुपान्तरणका लागी स्थापित संस्थाको सफलताको कामना गर्दै मुलुकको सक्षम नागरिकका हिसाबले समाजको लागी केहि गर्छु भन्ने भावना हामी सबैको हुनुपर्ने बताए । संस्थाका उपाध्यक्ष लेखनाथ शर्माको स्वागतसंगै शुरु भएको कार्यक्रमको सञ्चालन सचिव धु्रव शर्माले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ