arrow

दुई स्क्रिन भएको भिभो नेक्स २ आउँदै

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर १० सोमबार
vivo_nex-2.png

काठमाडौं । भिभो कम्पनीले दुई स्क्रिन भएको स्मार्टफोन बजारमा ल्याउने तयारी गरेको छ  कम्पनीले गत साता दाबी गरेअनुसारको भिभो नेक्स २ को केही तस्वीर लीक भएका हुन् । 

मोबाइल फोन चाइनाले आफ्नो भिभो एकाउन्टमा भिभो नेक्स २ को फोटो राखेको छ । उक्त तस्वीरहरुमा देखिएअनुसार कम्पनीको आगामी उत्पादन निकै महत्वपूर्ण हुने देखिएको छ । 

अहिले सार्वजनिक भएको स्मार्टफोनको पछाडपट्टि पनि एक स्क्रिन राखिएको छ ।  डिस्प्ले माथिल्लो भागमा ड्युल क्यामेरा सेटअप र एलईडी फ्ल्यासको प्रयोग गरिएको छ । यो स्मार्टफोनको किनारा निकै दमदार रहेको छ भने डिस्प्ले लामो आकारको रहेको छ । 

यसअघि भिभोले आफ्नो दुई स्क्रिनको असमान्य स्मार्टफोन आउनसक्ने बताएको थियो । अहिले सार्वजनिक गरिएको तस्वीरमा भने ६.४ एन्चको फुल एचडी+ओएलईडी स्क्रिन रहने बताइएको छ । यसमा स्न्यापड्र्यागन ८४५ प्रोसेसरका साथै फास्ट चार्जिङको पनि प्रयोग गरिएको छ । 

भिभोले आधिकारिक रुपमा भने कुनै जानकारी दिएकोे छैन । सबै जानकारीहरु लीक भएका विवरणहरुले देखाएका हुन् । अहिलेसम्म नुबिया एक्समा २ स्क्रिन रहेको छ भने सामसुङकोे फोल्डेबल स्मार्टफोनमा पनि २ स्क्रिन रहने पुष्टि भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ