arrow

तेल भर्ने क्रममा दुई अमेरिकी विमान हावामा जुधे, ६ नौसैनिक बेपत्ता

logo
प्रकाशित २०७५ मंसिर २० बिहिबार
sainik.jpg

काठमाडौं  । जापानमा बिहिबार दुई अमेरिकी विमान ठोकिएका छन् ।  हवाइ इन्धन भर्ने क्रममा हवामा अमेरिकी विमान एफ-१८ लडाकु विमान र सी-१३० ट्याकंर एक आपसमा ठोकिएका हुन् । विमान ठोकिएपछि  ६ नौसैनिक बेपत्ता भएका छन् । अमेरिकी रक्षा विभागका अफिसरका अनुसार घटना जापानको तट भन्दा करिव ३०० किलोमिटर टाढा भएको हो । सो घटनामा एक एयरम्यानलाई बचाइएको छ  भने तर बाकि नौसैनिकहरुको बारेमा कुनै जानकारी पाइएको छैन ।

नौसैनिकको अवस्था थाहा पाउन सर्च अपरेशन जारी रहेको छ । सो अपरेशनमा डाक्टरले पनि क्रू मेम्बर्सलाई सहयोग गरिरहेका छन् । सी-१३० मा ५ र एफ-१८ मा दुई सर्विसम्यान रहेको बताइएको छ । खोजिकार्यका लागि जापानले ४ एयरक्राफ्ट र  तीन जहाज पठाएको छ ।

जापानद्वारा जहाज पठाएकोमा अमेरिकाले कृतज्ञता प्रकट गरेको छ । अमेरिकी नौसेनाका अनुसार  दुवै जहाजले इवाकुनी स्थित मरीन कर्प्स एयर स्टेशनबाट उडान भरेका थिए । सो प्रकारको उडान नियमित ट्रेनिङ्गका हिस्सा रहेको बताइएको छ ।  बिहिबार भएको दुर्घटनाको जांच जारी छ।

अमेरिकाले जापानमा आफ्नो ५० हजार सैनिक रहेको र दुर्घटनालाई सामान्य मान्न नसकिने बताएको छ । नोभेम्बरमा नै अमेरिकी नेवी लडकु विमान जापानको समुद्रमा दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा दुई क्रू मेम्बरलाई बचाइएको थियो ।   

यस भन्दा पहिले पनि अमेरिकाको ओस्प्रे हेलिकप्टरमा समस्या देखिएको थियो । हेलिकप्टरलाई केहि पटक आपातकालिन उवतरण गराउनुका साथै एकपटक क्रयास  र हेलिकप्टर बस्ने भाग (चपर) टुटेर जापानको स्कूलमा झरेको थियो । सो घटनालाई लिएर अमेरिका र जापानबीच तनाव उत्पन्न भएको थियो । जापानका नागरिकले अमेरिकि सैनिक बेसमा प्रदर्शन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ