arrow

रावलको डिएनए रिपोर्ट कुर्दै सिआर्इबी, २ जनालार्इ काठमाडौं झिकाइयो

logo
प्रकाशित २०७५ मंसिर २० बिहिबार
cib.jpg

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनामा संलग्न रहेको भन्दै शुक्रबार काठमाडौंबाट पक्राउ परेका प्रदीप रावलको डिएनए परीक्षणको नतिजा अझै आएको छैन । बुधबार राजधानीबाट पक्राउ परेका निर्मलाका छिमेकी रावल दोषी हुन् कि होईनन् भन्नेबारे डिएनएको रिपोर्ट आएपछि मात्रै पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी प्रहरीले गरेको छ । 

संवेदनशील विषय भएकोले सिआईविले यस विषय बाहिर नल्याउने तयारी गरिरहेको थियो । सिआईबिको पिल्लर ५ ले हेरिरहेको यो मुद्दा एक्कासी बाहिर आएपछि अहिले सिआईबीका उच्च प्रहरी अधिकारीहरुभित्र यो सूचना कसले बाहिर ल्यायो भन्ने बारे खोजी गर्न थालिएको छ । यसमा रावलको सक्रियता रहेको भन्ने प्रमाणित भयो भने मात्रै उनको नाम सार्वजनिक गर्ने तयारीमा सिआईवि थियो ।

घटना भएको झण्डै ५ महिनासम्म पनि सरकारले पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै व्यापक विरोध भईरहेको बेला प्रहरीले बुधबार ती युवकलाई पक्राउ गरेको थियो। 

सोही हत्याकाण्डमा संलग्न रहेको आधारमा बिहीबार मात्रै कञ्चनपुर प्रहरीले दुई जनालाई थप अनुसन्धानका लागि अभिभावकको साथ लगाएर काठमाडौं पठाएको छ । मंगलबार काठमाण्डौँमा पक्राउ परेका प्रदीप रावलले दिएको बयानका आधारमा भीमदत्त नगरपालिका–१८ भतपुरका दिनेश चौधरी र संन्दिप चौधरीलाई काठमाडौं पठाइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ