arrow

यूट्यूबमा भिडियोलाई यसरी 'ब्लर' गर्ने (भिडियो)

logo
प्रकाशित २०७२ फागुन १७ सोमबार
youtube-blur-tool.jpg.jpeg
एजेन्सी । यूट्यूबले हालै  एक नयाँ ब्‍लरिंग टूल लन्च गरेको छ । जसको प्रयोग गरेर  भिडियो बनाउनेले आपत्तिजनक भागलाई ब्‍लर गर्न सक्नेछन् । यस टूलवाट चलायमान बस्तुलाई पनि ब्लर गर्न सकिनेछ । सन् २०१२ मा पनि यूट्यूबले  एक ब्‍लोर टूल रिलीज गरेको थियो जसको मद्दतले कुनै पनि बस्तुलाई ब्लर पार्न सकिनेछ । अहिले लन्च गरेको ब्‍लरिंग टूल त्यहि पुरानो टूलको एक्‍सटेंशन रहेको कम्पनीले जनाएको छ ।
 
यस टूलको प्रयोग यूट्यूबको डेस्‍कटप भर्जन प्रयोगकर्ताका लागि  शुरू गरिएको हो । कम्पनीका अनुसार यो टुलको मद्दतले भिडियोमा गाडिको नम्बर प्लेट, क्रेडिट कार्ड नम्बर जस्ता आपत्तिजनक भागलाई ब्‍लर गर्न सकिनेछ ।
 
यसरी प्रयोग गर्नुहोस 
 
यूट्यूब ब्‍लर टूल प्रयोग गर्न सबैभन्दा पहिले त्यस भिडियोको छनौट गर्नुहोस । जुन कन्टेन्टलाई ब्लर गर्नुछ । त्यस पश्चात कस्‍टम ब्‍लीरिंग अप्‍शनलाई छान्नुहोस , जहा हामिले  ब्‍लोरिंग इफेक्‍ट्स देख्नेछौ । यहा तपाई  भिडियोको  सम्बंधित भागमा बक्‍स ड्रप गर्नुहोस , ताकि टूललाई यो थाहा होस  कि ब्‍लोर गरिने भाग कुन हो भनेर । यस पछि भिडियोको भाग ब्लर हुनेछ । भिडियोलाई एडिट गर्ने प्रयोगकर्ताहरुले चाहेमा यस ब्‍लर बक्‍सलाई भिडियोमा मूभ । रिसाइज पनि गर्न सक्नेछन् ।
 
यदि भिडियोको त्यस भाग जुन ब्‍लोर गर्दै हुनुहुन्छ, त्यो भिडियोमा स्थिर छभने तपाई  लक अप्‍शनको प्रयोग गर्न सक्नुहुनेछ । एडिटिंग पछि भिडियोको प्रतिलिपि सुरक्षित गर्नसक्नुहुनेछ । एडिटिंग पहिलेको भिडियोमा अप्‍लाई हुने छैन।  हेरौ भिडियो ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ